सरकारले यी नियमित गरिरहेका काम नै ओझेलमा पर्ने गरी केही विषय विवादित बनेका छन्। विशेषगरी ओम्नी खरिद प्रकरणदेखि लिएर, फ्रन्टलाइनमा खटिएका चिकित्सकलाई स्पष्टीकरण माग्ने, कारबाहीको लागि धम्की दिने, आरडीटी टिकट...
हिजो मंगलबार काठमाडौंमा एक जना र भक्तपुरमा दुई जना कोरोना भाइरसका संक्रमित भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशलामा भीड बढेको छ। कोरोना परीक्षणका लागि टेकुमा मानिसहरुको लामो लाइन लागेको हो।
सरकारले स्वास्थ्य सामग्री आपूर्तिका लागि सम्झौता गरेका तीन कम्पनीमध्ये एकले तोकिएको म्यादभन्दा नौ दिनपछि सामग्री बुझाएको छ भने अर्को एकले अझै आलटाल गरिरहेको छ।
प्रसूति तथा स्त्री रोग अस्पताल कोरोनाको लागि उपचार गर्ने अस्पताल होइन तर पनि सम्भावित संक्रमित आएको खण्डमा सचेत हुनको लागि अस्पतालले ५ वटा आइसोलेसन वेड तयार गरिएको छ ।
लकडाउनसँगै सक्नेले केही समयका लागि खाद्यान्न जोहो गरिहाले। कोही गाउँ फर्किए। तर, काठमाडौंमा थुप्रै मानिस यस्ता छन्, जसले न खाद्यान्नको जोहो गर्न सके, न त गाउँ फर्किन नै ।
संक्रमित हुनेमा ७ महिला र २४ पुरुष छन्। ४ जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। संक्रमित १४ जना भारतीय रहेको भनिए पनि सरकारी निकायले पुष्टि गरेको छैन।
नेपालमा पहिलोपटक माघ १० गते कोरोना संक्रमित व्यक्ति भेटिए। सरकारले तत्काल नमुना संकलन र परीक्षणमा चासो दिएन। चैत ९ गते विदेशबाट फर्किएका अर्का व्यक्तिमा कोरोना संक्रमण देखिएपछि मात्र परीक्षण थाल्यो।
दैनिक ज्यालादारी गरेरै पेट पाल्ने उनीहरु अहिले ठूलो समस्यामा छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले मुलुकभर लकडाउन गरेपछि दैनिक मजदुरी गरेर खाने उनीहरुजस्ता हजारौं मारमा परेका छन्।