सोमबार, जेठ ६, २०८२

आफन्त नआउँदा कोरोनामुक्त युवक अस्पतालमै

कोरोना भाइरसबाट संक्रमित धादिङका ३२ वर्षीय युवक निको भए पनि अस्पतालमै बस्न बाध्य भएका छन्।
 |  बुधबार, वैशाख १०, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, वैशाख १०, २०७७

काठमाडौं- कोरोना भाइरसबाट संक्रमित धादिङका ३२ वर्षीय युवक निको भए पनि अस्पतालमै बस्न बाध्य भएका छन्।

उनलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट २७ दिनपछि बुधबार डिस्चार्ज गर्ने तयारी थियो। आफन्त लिन नआएपछि डिस्चार्ज नगरी अस्पतालमै राखिएको हो।

अस्पतालका निर्देशक सागर राजभण्डारीले भने, ‘संक्रमित युवकको रिपोट नेगेटिभ आएपछि हामीले डिस्चार्जको तयारी गरेका थियौं तर आफन्त लिन नआएपछि अस्पतालमै राखिएको छ।’

आफन्त लिन नआएपछि डिस्चार्ज गर्न नमिल्ने अस्पतालले जनाएको छ। उनले भने, डिस्चार्ज गरे पनि बिरामी कहाँ जाने? कुन होटलमा जाने? घर कसरी पुग्ने? त्यहाँ पुगेपछि समुदायले हेर्ने दृष्टिकोण कस्तो हुन्छ? आदि विचार गर्नुपर्छ।’

संक्रमित युवक धादिङ नेत्रावतीका हुन्। अस्पतालले गाउँपालिकाको जनस्वास्थ्य कार्यालयमा सम्पर्क गरेर लिन आउन भनेको छ। गाउँपालिकाबाट साधनको व्यवस्था गरेर लिन आएपछि मात्रै उनलाई घर पठाइने राजभण्डारीले बताए।

उनले भने, ‘परिवारको पनि आफ्ना समस्या होलान् तर नआउँदा बिरामीलाई नकारात्मक असर पर्छ।’ 

चिकित्सकका अनुसार कोरोना संक्रमण निको भइसकेका व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुँदैन। तर पहिला संक्रमित भएको व्यक्ति केही समय छुट्टै क्वारेनटाइनमा बसी सामाजिक दुरी कायम गर्नुपर्छ।

ती युवक चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ विमानमा काठमाडौं आएका थिए। चैत १२ गते परीक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। नेपालका उनी कोरोना संक्रमित तेस्रो व्यक्ति हुन्।

 

प्रकाशित: Apr 22, 2020| 18:39 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।