आइतबार, असार ८, २०८२

टेकुमा कोरोना परीक्षण गराउन आउनेको भीड

हिजो मंगलबार काठमाडौंमा एक जना र भक्तपुरमा दुई जना कोरोना भाइरसका संक्रमित भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशलामा भीड बढेको छ। कोरोना परीक्षणका लागि टेकुमा मानिसहरुको लामो लाइन लागेको हो।
 |  बुधबार, वैशाख ३१, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, वैशाख ३१, २०७७

हिजो मंगलबार काठमाडौंमा एक जना र भक्तपुरमा दुई जना कोरोना भाइरसका संक्रमित भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशलामा भीड बढेको छ। कोरोना परीक्षणका लागि टेकुमा मानिसहरुको लामो लाइन लागेको हो।

परीक्षणका लागि आएका कतिपयले घरबेटीको दबाबका कारण आएको बताएका छन्। ‘घरबेटीले कोरोना परीक्षण गरेर आऊ, अनिमात्र घरमा बस्न दिन्छौँ भनेपछि आएको हुँ,’ भक्तपुरबाट आएका एकजनाले भने।

केही दिनयता परीक्षणका लागि मानिसहरुको चाप बढे पनि आजबाट भने थेग्नै नसकिने गरी भीड बढेको चिकित्सकहरुले जनाएका छन्। आएकामध्ये करिब एक तिहाइमात्र परीक्षण गर्नैपर्ने खालका भएको चिकित्सकको भनाइ छ।

प्रकाशित: May 13, 2020| 12:23 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्