काठमाडौं । नेपालको ख्यातीप्राप्त व्यवसायिक समूह लक्ष्मी ग्रुपले सोमबार आफ्नो ४८ औं वार्षिकोत्सव मनाएको छ । लक्ष्मी ग्रुपले सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारबाट मिठाई उत्पादन गरे आफ्नो व्यवसायिक यात्रा सुरु गरेको हो ।
ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र उनका दाई बुद्धिबहादुर श्रेष्ठले ४८ वर्षअघि मिठाई व्यवसायको बलियो सम्भावना देखेर पोखराबाट उक्त व्यवसायको सुरुवात गरेका थिए ।
प्रारम्भमा लक्ष्मी ग्रुपले स्थानीयरुपमा पुस्टाकरीको उत्पादन गर्दथ्यो । यस अन्तरालमा ग्रुपले विभिन्न क्षेत्रमा आफूलाई विस्तार गर्दै व्यवसायिक साम्राज्य स्थापना गरिसकेको छ । हाल लक्ष्मी ग्रुपले मिठाई बाहेक अटोमाबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।
देशभर ग्रुपको २० भन्दा धेरै कम्पनी छन् । जसमा १७ सयभन्दा धेरैले रोजगारी गरिरहेका छन् । सुजल फूड प्राइभेट लिभिटेड, लक्ष्मी इन्टरकन्टिनेन्टलको ह्युण्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्राइभेट लिमिटेड, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमा इन्टरकन्टिनेन्टल, जयमा लक्ष्मी टेक्नो सेन्टरलगायत व्यवसायहरु लक्ष्मी ग्रुप अन्तर्गत छन् । कम्पनीले आगामी दिनमा थप अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्ने योजना लिएको छ ।
आजको दिनमा लक्ष्मी ग्रुप नेपालमा विश्वासिलो, स्थापित कम्पनी हो जसले सेवा तथा रोजगारी प्रदान गरेर नेपाली उपभोक्तामाझ आफ्नो गर्विलो छाप छोडेको छ । सोमबार आफ्नो ४८ औं वार्षिक उत्सव मनाउँदै ग्रुपले एलिस रिसेप्सनमा ४८ औं कर्पोरेट एण्ड थ्यांक्सगिभिङ कार्यक्रम आयोजना गरको थियो ।
उक्त कार्यक्रमको उद्घाटन र स्वागत मन्तव्य लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा लक्ष्मीमा ५ देखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो र खेलकुद सप्ताहमा बिजेता हुनुभएको खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो ।
ग्रुपले हरेक वर्ष पुस ५ लाई मध्यनजर गरेर समाजप्रति उत्तरदायी भएर विभिन्न सामाजिक कार्यहरु पनि गरेको छ । ग्रुपले पुस ५ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । जसमा ६५ जना रक्तदाताहरुले आफ्नो रगत दिएका थिए ।
यसैगरी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रकाली मन्दिर सरसफाई, मानव सेवा आश्रममा खाद्दाना सामग्री,टोपी र मस्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेसनरी समान वितरण गरेको थियो ।
यसैगरी सेरेब्ररल पाल्सी नेपालमा मिठाई, स्टेसनरी, डाईपर, मस्क, सेनिटाइजर लगायत ४२ वटा सामाग्रीहरु वितरण गरेको थियो. सो कार्यक्रममा बोल्दै ग्रुपका कार्यकारी निर्देशकले “लक्ष्मी एकेडेमी” को पनि उद्घाटन गरेका छन् ।