काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्वाचित भएका छन्।
संघका पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष ६ जनामा सुनिल कुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बु (तिगेला) निर्वाचित गरेको हो।
यस्तै, उपाध्यक्ष (महिला) जुनु गुरुङ र महासचिव बाबुराम (बीआर) लामा, सचिव चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सचिव (महिला) देवकी खत्री गुरुङ, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल र महिला संयोजक रश्मी थापा, युवा संयोजक भिमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली छन्।
ओसेनिया क्षेत्रीय संयोजक- इर्सद अहमद, क्षेत्रीय उपसंयोजकमा एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक २ माधव पोखरेल र भिमबहादुर पुर्जा मध्यपूर्व क्षेत्रीय उपसंयोजक २, सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप संयोजक २ विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजक २ रामप्रसाद कँडेल र प्रताप राना रहेका छन्।
महाधिवेशन काठमाडौंको हायात होटेल शनिबार र आइतबार सञ्चालन भएको थियो।