बुधबार, जेठ ८, २०८२

हामी परमादेशे सांसद : बिडारी

राष्ट्रियसभामा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले परमादेश शब्दको बेइज्जत भएको बताएका छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं– राष्ट्रियसभामा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले परमादेश शब्दको बेइज्जत भएको बताएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा उनले भने, ‘यो परमादेश भन्ने शब्दको यत्रो ठूलो बेइजत त्यो पनि राष्टियसभामा। कस्तो देशमा हामी कस्ता मान्छे सांसद भएछौं? परामादेश विश्वभरीको शब्द हो, जो सर्वोच्च अदालतले गर्छ। अहिले मैले बोलेको पनि परामादेशको आधारमा। नत्र त सदन बोलाउने तीन दिन चलाउने र थाहै नपाई बन्द गर्दिने। परमादेशकै कारण प्रतिनिधिसभा ब्युँतेको हो। परमादेशे सांसदहरु हौ हामी। परमादेशकै कारण तलब–भत्ता ग्वाम ग्वाम खाएको हो।’

परमादेशबाटै नेकपा खारेज भएको, माओवादी बनेको र एमाले ब्युँतिएको उनले बताए।  बिडारीले भने, ‘बेलायत लगायतका देशमा विघटन हुँदैन संसद्। यहाँको सरकारलाई सनक चढेपछि गर्यो। यो पनि नमान्ने त्यो पनि नमान्ने अनि संविधानवादको कुरा गर्ने।’ 

सर्वोच्चको फैसलालाई दिनैपिच्छे गाली गरिएको भन्दै उनले असन्तुष्टि पोखे। ‘शक्ति पृथकीकरणको आधारमा सर्वोच्चले फैसाले गर्यो। संसदमा उभिएर हामीजस्ता मान्छेले जनतामा ठाडै भ्रम छर्ने? यसरी तलब भत्ता पच्दैन। सर्वोच्च अदलालत भनेको अभिलेख अदालत हो। त्यहाँ बोलेको कुरा रेकर्ड हुन्छ। यसले गर्ने व्याख्या र फैसला नै नजिर हो। सार्वजनिक पदमा हुनेले, सरकारी ढुकुटीको रकम खानेले संवैधानिक नैतिकता मान्नुपर्छ,’ उनले भने।  

प्रकाशित: Jul 28, 2021| 08:04 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।