काठमाडौं। चाउचाउ ब्रान्ड वाइवाइले नयाँ स्वादमा वाइवाइ क्विक हट एन्ड स्पाइसी नुडल्स नेपाली बजारमा ल्याएको छ। केवल ५० रूपैयाँमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्तालाई लक्षित गर्दै प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
विगत चार दशकदेखि वाइवाइले नेपालमा मात्र नभई विश्व बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। उपभोक्ताको बदलिंदो स्वाद र रोजाइलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न स्वादका नयाँ विकल्प बजारमा ल्याउँदै आएको छ।
हालै बजारमा ल्याइएको हट एन्ड स्पाइसी नुडल्स पनि उपभोक्ताको पिरो स्वादप्रतिको रुचिलाई लक्षित गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ।
वाइवाइले हालै स्पाइसवर्स टिकटक चुनौती नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबै भन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
नुडल्सको विकास क्रममा उपभोक्ताको व्यवहार, इच्छा र उनीहरूले मन पराउने अनुभव बुझ्न प्रयास गरिएकाे कम्पनीकाे भनाइ छ। विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, तिनकाे रुचिलाई समेट्ने प्रयास गरिएकाे कम्पनीका मार्केटिङ प्रमुख श्रयकृष्ण श्रेष्ठले बताए।
वाइ वाइ क्विक हट एन्ड स्पाइसी नुडल्सको प्याकेजिङसमेत अन्य ब्रान्डभन्दा भिन्न, आकर्षक र युवा लक्षित रूपमा डिजाइन गरिएको छ। यसमा २५ वर्षभन्दा माथिका ट्रेन्डी तथा स्वादप्रेमी उपभोक्ता चाहनालाई समेत समेटिएको छ, जो नयाँ स्वादको अनुभव खोजिरहेका हुन्छन् र पिरो स्वादको रोमाञ्चकतालाई मन पराउँछन्।
यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरिएकाे छ। वाइवाइको हट एन्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै ब्रान्डलाई अझ सशक्त बनाउने सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीकाे विश्वास छ।