काठमाडाैं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा नयाँ रेडमी ए५ सार्वजनिक गरेको छ। “खुसीको ग्यारेन्टी, २ वर्षको वारेन्टी” ट्यागलाइनसहित ‘रेडमी ए५’ सार्वजनिक गरिएको हाे।
साे फोनमा सस्तो मूल्यमा आकर्षक डिजाइन, उच्च क्यामेरा गुणस्तर, लामो ब्याट्री ब्याकअप, उच्च रिफ्रेस रेट डिस्प्लेलगायतका फिचरहरू समेटिएकाे कम्पनीले जनाएकाे छ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले याे फोन ३२ मेगापिक्सेलको डुअल रियर क्यामेरा, ६.८८ इन्चको १२० हर्ज रिफ्रेस रेटसहितको डिस्प्ले, ५२०० एमएएच क्षमताको ब्याट्री र अक्टा–कोर प्रोसेसरसहित बजारमा आएको जानकारी दिए।
स्मार्टफोनमा रहेको एआई डुअल क्यामेरा सिस्टमले प्रष्ट र डिटेल फोटो खिच्नुका साथै ८ मेगापिक्सेलको सेल्फी क्यामेराले अँध्यारोमा पनि अनुहार उज्यालो देखाउने फिल लाइट सुविधा प्रदान गरिएको कम्पनीले बताएकाे छ। १५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने यो फोनको ब्याट्री एकपटक चार्ज गरेपछि २० घण्टा भिडियो प्लेब्याक र १४ घण्टाभन्दा बढी स्क्रिन टाइम दिने कम्पनीकाे दाबी छ।
यो फोन ओसन ब्लू, स्यान्डी गोल्ड र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध छ। यसकाे मूल्य क्रमशः रु. १०,९९९ र ११,९९९ निर्धारण गरिएको छ। रेडमी ए५ सबै मी स्टोर र आधिकारिक शाओमी रिटेलरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।