काठमाडौं। एनसेलका ग्राहकले एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्नेले बोनस डेटा पाउने भएका छन्। एनसेलका ग्राहकले एनसेल एपमार्फत १०० रुपैयाँ र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका हुन्।
डिजिटल यात्रालाई अझ सहज बनाउने सेल्फ सर्भिस एप सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ। एनसेल एपमार्फत १०० देखि २०० रुपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकले १ दिनको लागि २०० एमबी बोनस डेटा पाउन सक्ने कम्पनीले जनाएको छ। यसैगरी २०० रुपैयाँ वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको ५०० एमबी बोनस डेटा पाउन सकिने छ।
यो बोनस अफरले ग्राहकलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा लिन सकिने कम्पनीले बताएको छ। यस्तै, ग्राहकलाई एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा, सुविधा उपयोग गरी त्यसको फाइदा लिन कम्पनीले आग्रह गरेको छ।
ग्राहकमैत्री यो एपले प्रयोगकर्तालाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम बनाउने उल्लेख गर्दै कम्पनीले यो एक नभई नहुने सेल्फ केयर टुलको रूपमा स्थापित भएको जनाएको छ।
एनसेल एपमार्फत प्रयोगकर्ताले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याक, सधैं अन रिन्यूअल प्याक लिन, अन लाइन रिचार्ज गर्न सक्छन्। यस्तै, उनीहरुले आफ्नो सेवा प्रयोगको विवरण हेर्न पनि सक्ने छन्। योसँगै उनीहरुले डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्ने कम्पनीले बताएको छ।
अन्य उपलब्ध सुविधामा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचारहरूको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवा समावेश छन्।
विभिन्न उदेश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप भएको कम्पनीले जनाएको छ। एनसेलका ग्राहकले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाको लाभ लिन सक्छन्।