काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्तावलाई स्वागत गरेको छ।
देउवा निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र जसपाको संयुक्त बैठकमा बैठकमा सभापति देउवाले आफ्नो दलको नेतृत्वमा सरकार बनाउन गरेको प्रस्तावलाई माओवादी केन्द्रले स्वागत गरेको हो।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई हटाएर संविधानको रक्षा गर्नुपर्ने धारणा बैठकमा राखेको थियो।
'सरकार निरंकुश बाटोमा अघि बढेको छ। यसलाई हटाएर संविधानलाई रक्षा गर्ने चाहने शक्तिहरूको सरकार बनाऔँ भनेका छौं,' बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'कांग्रेसको प्रस्तावको स्वागत गर्छौं। हामी यो छिटो निर्णय होस् भन्ने चाहन्छौं। कांग्रेसको नेतृत्वमा सरकार बनाउन हामी सकारात्मक छौं।'