शुक्रबार, जेठ १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ७५ प्रतिशत कोरोना भ्याक्सिन १० देशको कब्जामा, १३० देशमा एक डोज पनि पुगेको छैन

७५ प्रतिशत कोरोना भ्याक्सिन १० देशको कब्जामा, १३० देशमा एक डोज पनि पुगेको छैन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन वितरणमा भएको असमानताप्रति चिन्ता व्यक्त गरेका छन्।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन वितरणमा भएको असमानताप्रति चिन्ता व्यक्त गरेका छन्।

विश्वभर कोराना भ्याक्सिनको ७५ प्रतिशतमा १० वटा देशले कब्जा जमाएको भन्दै उनले आलोचना गरेका हुन्। 

बुधबार युएन सेक्युरिटी काउन्सिलको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरसले भनेका छन्, ‘विश्वका १३० देशमा एक डोज पनि भ्याक्सिन पुगेको छैन।’ महामारीको यो संकटमा विश्व समुदायको लागि नैतिकताको परीक्षाको घडी आएको उनले बताए। 

विश्वभर नै आपतकालीन खोप अभियानका लागि विश्व समुदाय एक भएर लाग्नुपर्ने समय आएको महासचिव गुटेरसको भनाइ छ।

‘भ्याक्सिनको समान वितरण सुनिश्चित हुनुपर्छ। ठूलो अर्थतन्त्र भएका देश (जी–२०) ले इमर्जेन्सी टास्क फोर्स गठन गर्नुपर्छ। यसमा फर्मास्युटिकल कम्पनीहरुलाई पनि समावेश गर्नुपर्छ। विश्वका सात ठूला औद्योगिक देशले यसका लागि रकम जुटाउनुपर्छ,’ गुटेरसले भने।
 

प्रकाशित: Feb 18, 2021| 02:07 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।