सोमबार, जेठ २७, २०८२

सोती हत्याकाण्ड : एकको शव पहिचान, चारजना अझै बेपत्ता

भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक भने अझै बेपत्ता छन्।
 |  आइतबार, जेठ ११, २०७७

देव राना

देव राना

आइतबार, जेठ ११, २०७७

सुर्खेत-पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीबाट बेपत्ता टीकाराम सुनारकाे शव पहिचान भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठका अनुसार चौरजहारी नगरपालिका–१ का सुनारको शव भेरी किनारमा भेटिएको हो।

भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक अझै बेपत्ता छन्।

जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका २१ वर्षीय नवराज विकले सोतीकी १७ वर्षीया किशोरीलाई भित्र्याउन भन्दै शनिबार राति त्यहाँ पुगेका थिए।

मृतक नवराजसहित केटाहरु आएको थाहा किशोरका आफन्तले कुटपिट गरी भेरीमा बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रेमी नवराज शनिबार राति नै भेरी किनारमा मृत भेटिएका थिए।

घटनापछि किशोरी, उनका बाबु, आमा, सोही वडाका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रुकुम पश्चिममा बेपत्ता भएका ६ मध्ये एक जनाको शव फेला

प्रेमिकाका आमाबुवासहित ५ जना पक्राउ

बेहुली लिन गएका बेहुलाको गाउँलेको कुटाइबाट मृत्यु, ६ जना जन्ती बेपत्ता

 

प्रकाशित: May 24, 2020| 21:10 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।