काठमाडौं । सरकारले हरेक वर्ष जग्गाको मूल्याँकन गरेर थैली अंक निर्धारण गर्छ । सरकारी मूल्याँकनमा काठमाडौंको जग्गामा आनाको ६ लाख रुपैयाँसम्म बढेको छ । तर, ललितपुरमा भने यो वर्ष जग्गाको मूल्याँकन बढेको छैन।
आर्थिक वर्ष ०७९/०८० का लागि रजिष्टे«शन पारित भए बमोजिम ललितपुरमा सबैभन्दा बढी कुपण्डोल, लगनखेल, सातदोबाटो मुल पिच सकडसँग जोडिएको जग्गाहरुको सरकारी मूल्य आनाको ३७ लाख ५० हजार निर्धारण गरिएको छ । यस्तै सोही जिल्लाको सबैभन्दा कम मूल्याँकन बागमती गाउँपालिका ५ इकुडोलमा पाखातर्फ आनाको २५ हजार रुपैयाँ गरिएको छ ।
मालपोत कार्यालय लगनखेलले सार्वजनिक गरेको सूचनाअनुसार ललितपुर महानगरपालिकाभित्रको बुंगमतीमा मूल पिच सडक भएको क्षेत्रमा ७ लाख २५ हजार, खोकनामा ७ लाख,सैबु(भैसेपाटी)को आवास क्षेत्रमा २१ लाख र मूल पिच सडकमा १३ लाख २० हजार रुपैयाँ तोकिएको छ ।
हरिसिद्धिको मूल पिच सडकमा ११ लाख, धापाखेलमा ११ लाख, सुनाकोठीमा १३ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, कुपण्डोल सानेपा क्षेत्र हुँदै पुलचोक, झम्सिखेलमा आनाको १५ लाख ५० हजार, कुपण्डोल जावलाखेल मूल पिच सकडसँग जोडिएका बाहेक अन्य पिच सडकसँग जोडिएको जग्गामा १३ लाख,नक्खुतर्फ जाने मुल पिच सडकसँग जोडिएका जग्गाहरुको १२ लाख, ग्वार्को, बालकुमारी र च्यासल क्षेत्रमा १८ लाख, शंखमूलमा १० लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।
झरुवाराशीमा ८ लाख ५० हजार, बाँडेगाउँमा १० लाख, ठैव १० लाख, इमाडोलमा प्रति वर्गमिटर ६० हजार, टीकाथलीमा ३३ हजार निर्धारण गरिएको छ । यस्तै, सानागाउँमा ८ लाख ५० हजार,लुभुमा ९ लाख ३० हजार, लामाटारमा ६ लाख ६० हजार निर्धारण गरिएको छ ।
बागमती गाउँपालिकामा मोटरबाटोमा ३ लाख ५० हजार तोकिएको छ । बागमतीकै माल्टामा ४ लाख ५० हजार, भट्टेडाडामा ८ लाख, प्यूटारमा ४ लाख, इकुडोलमा पिच सडकमा ३ लाख ५० हजार,आश्राङमा ३ लाख ५० हजार रुपैयाँ तोकिएको मालपोत कार्यालयले जनाएको छ ।
यस्तै कोञ्ज्योसोम गाउँपालिकामा ४ लाख ४० हजार, नल्लुमा ६० हजार, चौघरेमा ५ लाख ५० हजार,गौदामचौरमा ६ लाख ५० हजार, बिष्टछापमा ५ लाख ५० हजार, किटिनीमा १० लाख, बडीखेलमा ६ लाख, लेलेमा ५ लाख, देवीचौरमा १२ लाख, डुकुछापमा ४ लाख, छम्पीमा ६ लाख,चापागाउँमा ११ लाख,ठेचोको १४ लाख रुपैयाँ रहेको छ ।
नयाँ मूल्याँकनअनुसार स्थानीय तहबाट बाटो नभएको र बन्ने ब्यहोरा खुलाई सिफारिस प्राप्त भएकोमा ती कित्ता जग्गा पारित गर्ने क्रममा नापी कार्यालयमा गई सो कार्यालयबाट प्राप्त ट्रेस नक्सामा जुन प्रकारको बाटो देखिन्छ सोही बमोजिमको न्यूनतम मूल्य लिखतमा कायम गरी जग्गा परित गरिने उल्लेख गरिएको छ ।