एजेन्सी । भारत यति बेला केही देशहरुसँग वैदेशिक व्यापार बढाउन केन्द्रित छ । यसकै लागि सरकारले यसअघि पनि निकै सुधार गरिसकेको छ ।
हाल आएर केन्द्रीय सरकारले पनि वैदेशिक व्यापारलाई बढावा दिन ठूलो कदम उठाको छ ।
यही सिलसिलामा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार निर्यात नामक अनलाई पोर्टल लन्च गरेका छन् ।
यस पोर्टलले भारतको वैदेशिक व्यापार अर्थात् आयात–निर्यातसँग सम्बन्धित सबै जानकारी एकै ठाउँमा उपलब्ध गराउनेछ ।
यो पोर्टलले वैदेशिक व्यापारलाई बढाउने काममा सहयोग पुग्ने बताइएको छ ।
पोर्टलबाट यी हुन्छन् फाइदा
प्रधानमन्त्री मोदीले पोर्टलसँगै वाणिज्य भवन पनि उद्घाटन गरे । उक्त भवन वाणिज्य एवं उद्योग मन्त्रालयको सेन्टर हुनेछ । साथै निर्यात पोर्टल वैदेशिक व्यापारसँग जोडिएका सबै पक्षका लागि सूचनाको प्लेटफर्म हुनेछ । यसको पूरा नाम नेसनल इम्पोर्ट एक्सपोर्ट रेकर्ड फर एनालिसिस अफ ट्रेड हो ।
‘यी दुवैले आत्मनिर्भर भारतको आकांक्षाको प्रतिनिधित्व गर्छन्’, भवन र पोर्टल उद्घाटन गर्दै मोदीले भने, ‘यसले वाणिज्य–व्यापारको क्षेत्रमा विशेषगरी एमएसएमईमा सकारात्मक परिवर्तन हुनेछ ।
बढ्दो निर्यात
विगत केही वर्षदेखि भारतको निर्यात तीव्रतर बढिरहेको छ । वाणिज्य एवं उद्योग मन्त्रालयको तथ्यांकअनुसार मे २०२२ मा भारतले ३७.२९ बिलियन डलरको निर्यात गर्यो । यस्तै मे २०२१ मा ३२.३० बिलियन डलरको निर्यात गरेको थियो ।
यसरी हेर्दा एक वर्षमा भारतको निर्यात १५.४६ प्रतिशतले बढेको देखिन्छ ।