काठमाडौं । तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक ग¥यो ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/०८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गरेका छन्। सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत सार्वजनिक गरेको छ ।
विभागका अनुसार तपाईँ अविवाहित हो भने ५ लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै कर तिरे हुन्छ । त्यस्तै तपाईँ विवाहित हो भने छ लाख रुपैयाँसम्म पनि १ प्रतिशतका दरले मात्रै कर तिरे हुन्छ ।
त्यो भनेको एकलले ५ हजार र दम्पतिले छ हजार रुपैयाँ मात्रै कर तिरे हुन्छ । त्यस्तै, तपाईँको आम्दानी ५ लाखदेखि ७ लाखसम्मको आय र छ लाखभन्दा बढी ८ लाखसम्मको आयमा एकल र दम्पति दुवै समूहले १० प्रतिशत अर्थात् २० हजार रुपैयाँ कर तिर्नुपर्छ ।
७ लाखभन्दा बढी १० लाखसम्मको करयोग्य आय र ८ लाखभन्दा बढी ११ लाखसम्मको करयोग्य आयमा पनि समान २० प्रतिशत अर्थात् ६० हजार रुपैयाँ बराबरको कर तिर्नुृपर्छ ।
यस्तै, १० लाखभन्दा बढी २० लाखसम्म एकलले २० प्रतिशत अर्थात् ३ लाख बराबरको कर तिर्नुपर्छ । त्यस्तै ११ लाखदेखि २० लाखसम्म कर योग्य आय गर्ने दम्पतिले ३० प्रतिशत अर्थात् २ लाख ७० हजार रुपैयाँ कर तिर्नुपर्छ ।
यसैगरी रु २० लाखभन्दा बढी आम्दानी हुनेले समान रूपमा ३ लाख ६० हजार बराबरको कर तिर्नुपर्ने विभागले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विभागका अनुसार ३० लाखभन्दा बढी आम्दानी हुने एकलले ७ लाख ४५ हजार र दम्पतिले ७ लाख १६ हजार रुपैयाँ कर तिर्नुपर्छ ।
