वीरगन्ज । १४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले समानीकरण, ससर्त र विशेष अनुदान गरी करिब ५ अर्ब १० करोड १६ लाखबराबरको बजेट विनियोजन गरेको छ ।
१ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी वीरगन्ज महानगरमा १ अर्ब ४४ करोड ८६ लाख रूपैयाँ र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई २१ करोड रुपैयाँ विनियोजन भएको हो । जसमध्ये ३ नगरपालिकालाई १ अर्ब ६४ लाख तथा १० वटा गाउँपालिकालाई २ अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ ।
यस्तै विनियोजित बजेटमध्ये पोखरिया नगरलाई ३३ करोड ३२ लाख, पर्सागढी नगरलाई ३१ करोड ४७ लाख र बहुदरमाई नगरलाई ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित भएको हो । त्यसैगरी, छिपहरमाई गाउँपालिलाई २८ करोड ३५ लाख, जगरनाथपुरलाई २८ करोड ८९ लाख, धोबिनीलाई २२ करोड १२ लाख, पटेर्वासुगौलीलाई २८ करोड ३ लाख, विन्ध्यवासिनीलाई २४ करोड ४० लाख, सखुवाप्रसौनीलाई ३३ करोड ९८ लाख, ठोरीलाई ३१ करोड २६ लाख, कालिकामाईलाई २२ करोड २९ लाख, र जीराभवानी गाउँपालिकालाई २५ करोड ३५ लाख बजेट विनियोजन गरिएको हो ।
यस्तै विशेष अनुदानतर्फ आगामी बजेटका लागि वीरगञ्ज महानगरलाई २ करोड, जगरनाथपुर गाउँपालिकालाई १ करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकालाई २ करोड, ठोरी गाउँपालिकालाई २ करोड ८५ लाख र जीराभवानी गाउँपालिकालाई १ करोड रुपैयाँ विशेष अनुदान पाएको छ ।