मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ‘टीभीएस एनटर्क १२५ रेस एक्सपी’ले पायो उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

‘टीभीएस एनटर्क १२५ रेस एक्सपी’ले पायो उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पीएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकाले टेकलेखले यो स्कुटरलाई अवार्ड प्रदान गरिएको हो।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं- टीभीएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको उत्पादन टीभीएस एनटर्क रेस एक्सपी २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ। १२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पीएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकाले टेकलेखले यो स्कुटरलाई अवार्ड प्रदान गरिएको हो। 

स्कुटर उद्योगमै पहिलोपटक भोइस असिस्ट फिचर ल्याएर टीभीएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको कम्पनीले जनाएको छ। भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्बजस्ता फिचरहरू उपलब्ध छन्।

यो भोइस असिस्ट फिचरलाई टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ कनेक्टिभिटीले सपोर्ट गरेको छ। एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्छ। ३ वल्व सीभीटीआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमिप्रति घण्टा रहेको छ।  

एनटर्क १२५ रेस एक्सपीमा दुईवटा ड्राइभ मोड (स्ट्रिट मोड र रेस मोड) रहेका छन्। ट्राई टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टी लुक दिएको छ। त्यस्तै, यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र डबल स्टिच्ड हिस्टेरेसिस सिटले यस स्कुटरलाई आरामदायी त बनाएको कम्पनीको दाबी छ।

टीभीएस एनटर्क १२५ रेस एक्सपी सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो स्कुटर भएको जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले बताए। 


प्रकाशित: Feb 18, 2023| 22:00 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्