मंगलबार, असार १०, २०८२

आइएमई पे एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा आबद्ध

सम्झौतासँगै अब आइएमई पेका प्रयोगकर्ताहरुले एनसीएचएलको नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्‍वेस्ट (टोकनाइजेसन र बिलर गेटवेसहित) जस्ता सेवा पाउने बताइएको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं- आइएमई पेले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गर्दै नेसनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ।

सम्झौतासँगै अब आइएमई पेका प्रयोगकर्ताहरुले एनसीएचएलको नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्‍वेस्ट (टोकनाइजेसन र बिलर गेटवेसहित) जस्ता सेवा पाउने बताइएको छ।

सम्झौतामा आइएमई पेका सीइओ प्रविन रेग्मी र एनसीएचएलका सीइओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

अब आइएमई पेका प्रयोगकर्ताहरुले नेसनल पेमेन्ट स्वीचअन्तर्गत एकाउन्ट टोकनाइजेसनको फिचर प्रयोग गर्न पाउने एनसीएचएलले जनाएको छ। यसबाट आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्।

सँगै एनसीएचएलको बिलर गेटवे पनि चल्ने भएपछि रिटेल पेमेन्ट स्वीचमा रहेका सेवामा पनि आइएमई पे प्रयोगकर्ताको पहुँच स्थापित भएको बताइएको छ। यसका साथै अब आइएमई पेमा नेपाल पे क्यूआरबाट पनि भुक्तानी गर्न मिल्नेछ।


प्रकाशित: Feb 18, 2023| 21:30 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्