मंगलबार, असार १०, २०८२

बर्डफ्लु प्रभावित किसानलाई बाँडिँदै ५८ करोड

कानुन अभावमा क्षतिपूर्तिबाट वञ्चित रहँदै आएका पीडित किसानलाई राहत दिन शुक्रबारको मन्त्रिपरिषद् बैठकले कार्यविधि बनाइने निर्णय सार्वजनिक गरेको हो।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं– बर्डफ्लुका कारण गत वर्ष ५८ करोड बराबरको क्षति बेहोरोका २९९ किसानले क्षतिपूर्ति पाउने बाटो खुलेको छ। कानुन अभावमा क्षतिपूर्तिबाट वञ्चित रहँदै आएका पीडित किसानलाई राहत दिन शुक्रबारको मन्त्रिपरिषद् बैठकले कार्यविधि बनाइने निर्णय सार्वजनिक गरेको हो।

मन्त्रिपरिषद्को निर्णयपछि अब किसानका लागि क्षतिपूर्ति वितरण गर्न प्रदेश र जिल्लामा रकम विनियोजन गरिने कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

२०७८ माघदेखि पक्षीमा बर्डफ्लु रोग देखा परेपछि साविकको बर्डफ्लु रोग नियन्त्रण आदेश, २०६४ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गरिएकामा त्यसलाई बर्डफ्लु नियन्त्रण निमयावली, २०७८ ले प्रतिस्थापन गरेसँगै त्यसअघि नष्ट भएका पक्षीको क्षतिपूर्तिबारे कानुनी प्रश्न उब्जिएको थियो। किसानको क्षतिपूर्तिका लागि आवश्यक ५८ करोड मन्त्रालयको आन्तरिक स्रोतबाट वितरण गर्न यसअघि नै अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ।

प्रकाशित: Feb 18, 2023| 16:33 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्