मंगलबार, असार १०, २०८२

स्वदेशी उत्पादन प्रयोगलाई प्राथमिकता दिन निर्देशन

मन्त्रालयले व्यापार घाटा न्यूनीकरण गर्ने योजनाअन्तर्गत सार्वजनिक निकायलाई स्वदेशी उत्पादन प्रयोगमा प्राथमिकता दिन निर्देशन दिएको हो ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरकारी निकायमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको छ। मन्त्रालयले सूचना जारी गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने योजनाअन्तर्गत सार्वजनिक निकायलाई स्वदेश उत्पादन प्रयोगमा प्राथमिकता दिन निर्देशन दिएको हो।

‘सार्वजनिक निकायले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिकाको दफा ४ अनुसार नेपाली उत्पादन प्रयोग र खरिद गर्ने व्यवस्था मिलाउने,’ मन्त्रालयले भनेको छ। यस्तै, सार्वजनिक निकायमा आउने पाहुनालाई स्वदेशी चिया र खाजा मात्रै खुवाउन निर्देश गरिएको छ।

सार्वजनिक निकायले प्रयोग गर्ने स्टेसनरी र मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ। नेपाली सामान विदेशीको तुलनामा १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन खरिद गर्न मन्त्रालयले सुझाएको छ। स्वदेशी उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनको सूची उपलब्ध गराउनुपर्ने मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: Feb 18, 2023| 17:20 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्