मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

यो सम्झौता संगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन्।

साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा बढि  भुक्तानी केन्द्र मार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ।

हाल इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियान जारि रहेको हुनाले अल् अन्सारी एक्सचेन्जको माध्यम हुँदै कुवेतबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म १ जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सक्ने जनाएको छ। 

साथै, अल् अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप रु. ७७ को बोनस समेत पाउने छन् र मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन्।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल् अन्सारी एक्सचेन्ज कुवेतका तर्फबाट जेनेरल म्यानेजर मोहम्मद अब्दुल रहमानले हस्ताक्षर गरेका छन्। 

प्रकाशित: Feb 17, 2023| 22:00 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्