मंगलबार, असार १०, २०८२

डिशहोमको नयाँ कनेक्सन २९९९ रुपैयाँमै

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ। सिमित अवधिको लागि यो छुट योजना लागु हुनेछ। डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ।

डिशहोमका डिलरहरुमार्फत् फण्ड ट्रन्सफर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ। र, हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद १ लाख रुपैयाँ नगद उपहार यस अफरमार्पत जित्नेछन्।

यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ। डिशहोमका डिलरहरुमार्फत् फण्ड ट्रान्सफर वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा १ महिना वा १००० रुपैयाँभन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत वोनस र २००० रुपैयाँको रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ।

नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ साथै रिचार्ज कार्ड बाट बोनस प्राप्त गर्न सकिनेछ।


प्रकाशित: Feb 17, 2023| 20:00 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्