मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल-ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको टोली भारत भ्रमणमा

नेपाल-ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको टोली भारत भ्रमणमा

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल १६ फेब्रुअरी २०२३ देखि २४ फेब्रुअरी २०२३ सम्म ब्राजिल भ्रमणमा रहने घोषणा गरेको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल १६ फेब्रुअरी २०२३ देखि २४ फेब्रुअरी २०२३ सम्म ब्राजिल भ्रमणमा रहने घोषणा गरेको छ।

१९ सदस्यको टोली, नेपाल र ब्राजिलबिचको व्यापारिक सम्बन्ध अझै थप उचाइमा पु–याउनका लागी ब्राजिलका सहर साओ पाउलो र रियो दि जेनेरियोको भ्रमणमा रहनेछन्। साथै उक्त अवसरमा एक समारोहको आयोजना गरी ब्राजिलियन राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले सम्पूर्ण टोलीलाई विदाई गरेका थिए।

उमेश रायमाझी र संयोजक नीरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने विश्वास गरिएको छ। प्रतिनिधिमण्डलमा नेपालका व्यापारी प्रतिनिधिहरू; विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईँ, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दङ्गाल, सुधीर कुमार शर्मा, सुशील कडरिया, विजय कुमार चौधरी, निर्मल राज पौडेलको सहभागिता रहेको छ।


प्रकाशित: Feb 17, 2023| 19:30 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्