मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पविन र प्रनिश राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा

पविन र प्रनिश राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा

त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी विराटनगरमा जारी ‘लिनिङ्ग १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन्।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी विराटनगरमा जारी ‘लिनिङ्ग १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन्।  

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १६ वरीयता बाहेकको पुरुष एकल तर्फ पविनले एपिएफका सुमन लिम्बुलाई २१–१४, २१–११ र प्रनिशले आर्मीका सुनिल कार्कीलाई २१–१०, २१–१० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन्। 

आर्मीका हिमाल चन्दले झापाका नवीन सिलवाललाई २१–१२, २१–१६, एपिएफका अमन महर्जनले दाङका सनौला रैनीलाई २१–१४, २१–१२, मोरङका विवेक चौधरीले पाँचथरका किरण श्रेष्ठलाई २१–१७, २१–१०, एपिएफका अरुण अधिकारीले सुनसरीका सत्यम सुब्बालाई २१–१९, १३–२१, २१–१९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए।

पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद र आर्मीका अभय महरा क्वाटरफाईनलमा प्रवेश गरेका छन्। साउदले उदयपुरका रुमु हाङ्ग राईलाई २१–१२, २१–९ ले तथा महराले ताप्लेजुङ्गका अन्ड्रीयास लिम्बुलाई २१–८, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन्।

यसैगरी आर्मीका कबिर के.सी.ले पाँचथरका रोहन तामाङलाई २१–१६, २१–१०, ललितपुरका लक्ष्मण रानाले आर्मीका आर्मीका सुविन श्रेष्ठ (बी)लाई २१–१७, ९–२१, २१–१७, मोरङका सुप्रिम पन्तले आर्मीका पारस उपाध्यायलाई २१–१५, ११–२१, २१–१६, दाङका सलौना रैनीले पाँचथरका किरण श्रेष्ठलाई २२–२०, २१–१३, उदयपुरका विनय चौधरीले एपिएफका अरुण अधिकारीलाई २१–१८, २१–१४ र आर्मीका अनिल मल्लले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका संयोग बस्नेतलाई २१–१७, २१–९ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन्।

महिला तर्फ कास्कीकी निभा राई र आर्मीकी टिशा रानी शाक्यले क्वाटरफाईनलमा स्थान बनाए। राईले ताप्लेजुङका सरुना गुरुङलाई २१–१७, १२–२१, २१–१४ ले तथा शाक्यले पर्साका श्रुति शाहबाट वाकओभर प्राप्त गरेका हुन्।

पुरुष युगल तर्फको प्रतिस्पर्धामा मोरङका सुप्रिम पन्त र प्रेम राईको जोडी तथा एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडी अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए। यस्तै अन्तिम १६ मा स्थान बनाउने क्रममा ललितपुरका विकास महर्जन र रदीप महर्जनको जोडी, कैलालीका चन्द्रिका कथरिया र स्पोर्टस् हवका अनुज तामाङको जोडी, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी, एपिएफका अमन महर्जन र सुजन थापाको जोडी, आर्मीका सुनिल कार्की र झापाका नवीन सिलवालको जोडी, नखिपोटका विबेक कदङ्गवा र नल्सन राईको जोडी, मोरङका दिपेन्द्र खड्का र जनम राईको जोडी, कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी, मोरङका विवेक चौधरी र उज्जल पोखरेलको जोडी, एपिएफका क्षितिज खनाल र प्रनिश सिंह ठकुरीको जोडी तथा मोरङका राजेन्द्र महर्जनको जोडी तथा कुशल राईको जोडी रहेका छन्।

पुरुष ४५ बर्ष माथिको युगल तर्फको प्रतिस्पर्धामा सुनसरीका पुगेन्द्र लिम्बु र राम योञ्जनको जोडी, उदयपुरका बल बहादुर कार्की र चित्र थापाको जोडी, मोरङका जीवन बोगटी र धन कुमार श्रेष्ठको जोडी, उर्लाबारी ब्याडमिन्टन क्लबका पोस्ट मगर र कमल वाईवाको जोडी, मोरङका पदम धिमाल र धर्म राज राईको जोडी, ललितपुरका शान्ता डङ्गोल र सुमन (रत्नमान) महर्जनको जोडी, मोरङका किरण सिंह बस्नेत र सुदीप पोखरेलको जोडीले पनि अन्तिम १६ मा स्थान पक्का गरे।

प्रकाशित: Feb 16, 2023| 17:39 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।