बुधबार, असार ११, २०८२

विश्व बैंकका प्रमुखले दिए राजीनामा

विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन्।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन्। डेभिडले आफ्नो कार्यकाल पूरा हुनुअघि नै यो घोषणा गरेका हुन्।

डेभिडको कार्यकाल २०२४ मा समाप्त हुने थियो। डोनाल्ड ट्रम्पको कार्यकालमा डेभिड मालपास विश्व बैंकको प्रमुख बनेका थिए।

डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौती थिए। जसमा कोरोना, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौती पर्छन्।

६६ वर्षीय डेभिड मालपासले धेरै सोचविचारपछि आफू यो निर्णयमा पुगेको बताएका छन्। 

प्रकाशित: Feb 16, 2023| 10:06 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्