मंगलबार, जेठ ७, २०८२

टेनिस टोली श्रीलंका जाँदै

डेभिस कपमा तीन जना ब्वाइज तथा किङ कपमा दुई गर्ल्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले बताएका छन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- जुनियर डेभिस कप तथा बिली जिन किङ कपमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ। डेभिस कपमा तीन जना ब्वाइज तथा किङ कपमा दुई गल्र्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले बताएका छन्।

डेभिस कपमा आयुशमान हजुर घले, श्रृजन भट्टराई र श्रीयोग अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। किङ कपमा सुनिरा थापा र प्रशंसा मोक्तानले खेल्ने छन्।

टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरिन्। यु–१६ उमेरसमूहको दुवै प्रतियोगिता फेब्रुअरी २० देखि २५ तारिखसम्म हुनेछ।

यसैबीच मलेसियाको कुचिङमा हुने वर्ल्ड जुनियर टेनिस कम्पिटीसन, फाइनल क्वालिफाइङ इभेन्टका लागि ३ गर्ल्स खेलाडी छनोट भएको कार्यालय सचिव देवकोटाले जानकारी गराए। मार्च २० देखि २५ तारिखसम्म हुने प्रतियोगिताका लागि स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जन छनोट भए। प्रशिक्षकमा कान्छा खड्ग छन्।

प्रकाशित: Feb 15, 2023| 21:13 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।