मंगलबार, जेठ ७, २०८२

महिला विश्वकपमा अष्ट्रेलियाले बंगलादेशलाई हरायो

आईसीसी महिला टी २० विश्वकपमा बंगलादेशले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- आईसीसी महिला टी २० विश्वकपमा बंगलादेशले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ। दक्षिण अफ्रिकामा जारी विश्वकपमा अष्ट्रेलियाले जित निकालेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले पुरा ओभर खेल्दै १० विकेट नै गुमाएर १०७ रन बनाएको थियो।

जवाफमा अष्ट्रेलियाले एक ओभर चार बल बाँकी रहँदै १११ रन बनाएर लक्ष्य पुरा गरेको हो। अष्ट्रेलियाका लागि तीन विकेट गिराएकी जर्जिया प्लेयर अफ दि म्याच बनिन्।

बंगलादेशका लागि नागर सुल्तानले सर्वाधिक ५७ रन बनाएकी थिइन्। बाँकी खेलाडीले राम्रो प्रदशैन गर्न सकेनन्। यता अष्ट्रेलियाको लागि ओपनर एल्से हिलीले ३७ रन बनाइन भने मेग लेनिनले ४८ रन बनाएकी थिइन्।

यो जितसँगै दुई खेलबाट चारअंक बनाएको अष्ट्रेलिया समूह ए को शीर्षस्थानमा छ। बंगलादेश र न्युजिल्यान्डले दुवै खेलमा हार बेहोरेका छन्। अष्ट्रेलियासँगै श्रीलंकाले पनि दुई खेलमा जित निकालेको छ। समूह बीको शीर्षस्थानमा इंग्ल्यान्ड छ।

प्रकाशित: Feb 15, 2023| 10:00 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।