मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लिग २ आजबाट : उत्साही नेपाली टिमलाई एकदिवसीय मान्यता बचाउने चुनौति

लिग २ आजबाट : उत्साही नेपाली टिमलाई एकदिवसीय मान्यता बचाउने चुनौति

काठमाडौंको त्रिवी क्रिकेट मैदानमा आजबाट आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिसज सुरु हुँदैछ। नेपाल नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज आजबाट सुरु हुन लागेको हो।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं- काठमाडौंको त्रिवी क्रिकेट मैदानमा आजबाट आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिसज सुरु हुँदैछ। नेपाल नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज आजबाट सुरु हुन लागेको हो।

कोभिड १९ को महामारीका कारण नेपालमा पहिले नै हुनुपर्ने सिरिज नभएपछि अहिले हुन लागेको हो। काठमाडौंमा सन् २०२० को फेब्रुअरीमा पहिलो सिरिज भएको थियो। सो सिरिजमा पारस खड्का, सुवास खकुरेल, सरद भेषावकर जस्ता खेलाडी थिए।

तर ती खेलाडी अहिले टिममा छैनन्। त्यो सिरिजको केही महिनापछि पारख खड्काले संन्यास लिएका थिए। उनले संन्यास लिएको पनि डेढ वर्षभन्दा धेरै भइसकेको छ। यस दौरान अलिहे कुशल भुर्तेल, आशिफ शेख, अर्जुन साउँद, देव खनाललगायतका युवा खेलाडी नेपाली टिममा आइसकेका छन्। तर यो सिरिजमा कुशल बाहेकका तीन खेलाडी छैनन्। बरु सूर्य तामाङ नयाँ अनुहारका रुपमा मैदानमा आएका छन्।

युवा खेलाडीसँगको जोशिलो टिमभने रहेको कप्तान रोहित पौडेले अंकित गरेका छन्। सन् २०२० को सिरिजमा अमेरिकाविरुद्ध डेब्यु गरेका कुशल मल्ले सबैभन्दा कम उमेरमा एकदिवसीय अर्धसतक बनाउने कीर्तिमान कायम राखेका थिए।

बीचमा लामै समय राष्ट्रिय टिममा नपरेका कुशल मोन्टी देशाइले नेपालको टिम लिएसँगै अन्तिम स्क्वाडमा देखिएका छन्। अब नेपालले लिग २ का तीन सिरिजबाट १२ खेल खेल्न बाँकी रहेको छ। यो सिरिजबाटै एकदिवसीय मान्यता जोगाउने हो भने नेपालले १२ मध्ये ९ खेलमा जित निकाल्नै पर्ने अवस्था छ।

अब नेपालले यूएई र पिएनजस् सम्मिलित दुई सिरिज खेल्न बाँकी रहेको छ। नेपाल, ओमन र अमेरिका सम्मिलित सिरिज मात्र नेपालले यसअघि खेलिसकेको छ। सात टोली सम्मिलित प्रतियोगितामा नेपाल छैटौं स्थानमा रहेको छ। एक दिवसीय मान्यता जोगाउनका लागि शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ।

‘अब नेपालले यूएईमा एउटा सिरिज खेल्नेछ भने त्यसपछि घरेलु मैदानमा अर्को सिरिज खेल्नेछ। यो सिरिजले निर्णय गर्नेछ बाँकी सिरिज कस्तो हुनेछ भनेर। किनभने हामीले ९ त जित्नैपर्ने छ,’ यो प्रतियोगितालाई लिएर नेपाली टिमका कप्तान रोहित पौडेलले भने,‘सबै खेलाडी राम्रो अवस्थामा हुनुहुन्छ। यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने भन्ने नै छ। घरेलु मैदानमा खेल्दा सबै कन्डिसन थाहा भएर आफूलाई एप्लाई गरेर खेल्न सकिन्छ।’

केही दिनअघि मात्र क्यानले नियुक्त गरेको भारतीय प्रशिक्षक मोन्टी देखाईले भने औडिआइ मन्यता बचाउनेमा थप विश्वास राख्नछन्। उनी भन्छन्, ‘हो मैले धेरै ड्रेसिङ रुम देखिसकेको छु। अब एकदिवसीय मान्यता बचाउने सवालमा मलाई एसिड टेस्ट हुँदैछ। तर म मेरो नयाँ रोलमा दुई हप्तादेखि मात्र रहेको छु। क्रिकेटले जित्न र हार्न दुवै सिकाउँछ।’

उनले अगाडि भने, ‘एउटा टिम बनाउनका लागि राम्रो चरित्र हुन आवश्यक छ। खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको टिम बनाउनु नै हो।’

प्रकाशित: Feb 14, 2023| 08:24 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।