बुधबार, असार ११, २०८२

हुण्डाईका विद्युतिय गाडीमा अफर योजना

नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ।

‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस को वाशिङ मेशिन उपहार प्राप्त गर्न सक्नेछन्।

समय सापेक्ष योजनाहरु मार्फत आफ्ना ग्राहकहरुको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले सधैं आकर्षक योजनाहरु बजारमा ल्याउँदै आएको जनाएको छ।

अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ। विद्युतिय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आक्रामक रूपमा चार्जिङ स्टेसनहरुको निर्माण गरिरहेको छ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको जनाएको छ।

प्रकाशित: Feb 13, 2023| 17:59 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्