बुधबार, जेठ ८, २०८२

अल हिलाललाई हराउँदै रियल मड्रिडले जित्यो क्लब विश्वकपको उपाधि

क्लब विश्वकपको फाइनल खेलमा एसियाली टिम अल हिलालाई हराउँदै स्पेनिस क्लब रियल मड्रिडले क्लब विश्वकपको उपाधि जितेको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– क्लब विश्वकपको फाइनल खेलमा एसियाली टिम अल हिलालाई हराउँदै स्पेनिस क्लब रियल मड्रिडले क्लब विश्वकपको उपाधि जितेको छ। प्रिन्स मोउले अब्देल्लाह रगशालामा शनिबार राति सम्पन्न भएको खेलमा ५–३ को जितसहित रियलले उपाधि जितेको हो।

रियलका लागि भिनिसियस जुनियरले खेलेको १३औं मिनेटमै गोल गरेका थिए। त्यस्तै, १८औं मिनेटमा फेडेरिको भालभर्डेले अग्रता दोब्बर बनाएका थिए। माउसा मेरेगाले हिलालका लागि २६औं मिनेटमा पहिलो गोल गरे पनि पहिलो हाफमा रियल २–१ ले अघि रह्यो। दोस्रो हाफमा करिम बेञ्जिमाले एक गोल थपे भने भिनि र भालभर्डेले पनि समान १–१ गोल गरेर रियलको खातामा पाँच गोल पुरा गरेका थिए।

यता हिलालका लागि लुसियानो भेट्टोले दुई गोल फर्काए पनि जितकालागि पर्याप्त भएन। यससँगै  रियलले पाँचौ पटक विश्वकपको उपाधि जितेको हो। उसले यसअघि सन् २०१४ मा पहिलो पटक जितेको थियो। त्यसपछि सन् २०१६, २०१७ र २०१८ मा पनि विश्वकपको उपाधि जितेको थियो।

प्रकाशित: Feb 12, 2023| 08:49 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।