शुक्रबार, जेठ १०, २०८२

नेपाल वित्तिय समावेशीकरण पोर्टल सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-नेपाल वित्तिय समावेशीकरण पोर्टल सार्वजनिक भएको छ । उक्त पोर्टल नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सार्वजनिक गरेका हुन् । उनले सार्वजनिकको क्रममा पोर्टलले बैंक तथा वित्तीय पहुँच सम्बन्धी तथ्यांक र सूचनाको उपलब्धताले ग्रामीण क्षेत्र लक्षित अत्यावश्यक नीति निर्माणका लागि सहयोग पुग्ने बताए ।
 
पोर्टलले नियामक र सरकारले तुरुन्त हस्तक्षेप गर्न सक्ने गरी ग्रामीण क्षेत्रमा वित्तीय पहुँचबारे तथ्यांक र सूचना दिने गभर्नर नेपालको भनाइ छ । ‘नीति निर्माताहरुले पोर्टल हेरेर वित्तीय रणनीति र नीतिहरु निर्माण गर्न सक्ने भएकाले यसको ठूलो महत्व हुनेछ,’ उनले भने ‘पोर्टलले सरकार र केन्द्रीय बैंक दुवैलाई वित्तीय पहुँच विस्तर र आर्थिक वृद्धिका लागि वित्तिय पूर्वाधार तयार गर्न सहयोग पुर्याउनेछ ।’

सार्वजनिक गरिएको नेपाल वित्तिय समावेशीकरण पोर्टल, नियामक निकाय तथा वित्तिय सेवा प्रदायकहरुलाई नवीनतम किसिमले सहयोगका पुर्याउने औजार हो । वित्तिय पहुँचबाहिर रहेको जनसंख्यालाई वित्तीय पहुँचमार्फत् वित्तिय रुपमा आत्मनिर्भर बनाउने यसको उद्देश्य छ । 

यस पोर्टलले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त कम्पनी तथा गैर बैंकिङ्ग भुक्तानी सेवा प्रवाह गर्नेहरुलाई नियमितरुपमा तिनीहरुका तथ्यांकबारे सूचना दिनसक्ने व्यवस्था गरेको छ । 

नेपाल राष्ट्र बैंकले संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (यूएनसीडीएफ)को सहयोगमा वित्तिय पहुँच सम्बन्धी यथार्थ सूचना दिन यो पोर्टल तयार पारेको हो । यो पोर्टलको मुख्य काम वित्तिय समावेशीकरणको नक्शांकन गर्नु र विश्लेषणात्मक प्रतिवेदनका अधारमा तथ्यांकमा आधारित नीतिगत हस्तक्षेपलाई सहयोग गर्नु हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्