बुधबार, जेठ ८, २०८२

चन्द्रकला, संगिता र सरस्वती छनोट

भारतको राजधानी नयाँ दिल्लीमा मार्च १३ देखि २७ तारिखसम्म सञ्चालन हुन गइरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपालका चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छनोट भएका छन्।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा मार्च १३ देखि २७ तारिखसम्म सञ्चालन हुन गइरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपालका चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छनोट भएका छन्।

नेपाल बक्सिङ संघद्वारा आयोजित राष्ट्रब्यापी खुल्ला छनोट प्रतियोगिताको फेदर वैट ५७ किलो तौल समूहको फाइनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५.० अंकको आधारमा पराजित गर्दै छनोट भएकी थिइन्। त्यस्तै, ६० किलो तौल समूहको फाइनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४.१ अंकको आधारमा पराजित गर्दै छनोट भएकी थिइन्। 

त्यसैगरी  मिडिल वैट ७५ किलो तौल समूहको फाइनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५.० अंकको आधारमा पराजित गर्दै छनोट भएकी थिइन्।

सम्पन्न फ्लाई लाई वैट ५० किलो तौल समूहको सेमिफाइनल खेलहरुमा एचटुओका अस्मिता दुआलले आरडीएक्सका रमिशा श्रेष्ठलाई ४.१ को स्पिलट डिसिजनमा पराजित गरिन भने सोही तौल समूहमा नेपाल प्रहरीका दिवाना शेर्माले आर्मीका आरती बम्जनलाई ४.१ को स्पिलट डिसिजलको आधारमा पराजित गर्दै फाइनल प्रवेश गरेकी छन्। ५० किलो तौल समूहको फाइनल खेल भोली २६ गते बिहान ८ बजे हुने प्रवक्ता श्याम काजि अवालेले जानकारी दिएकाछन्।

प्रकाशित: Feb 09, 2023| 07:29 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।