बुधबार, जेठ ८, २०८२

एपिएफलाई हराउँदै न्यु डायमन्डले उचाल्यो उपाधी

होङ्गवान्जी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९को उपाधी जितेको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- होङ्गवान्जी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९को उपाधी जितेको छ। मंगलबार (हिजो) सम्पन्न फाईनलमा साविक विजेता एपीएफ क्लबलाई ३–२ सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधी उचालेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २८–२६ले जितेको न्यु डायमन्डले दोश्रो सेट १९–२५ले एपिएफलाई सुम्पन पुग्यो। 

यस्तै तेश्रो सेट पुनः २५–२२ ले आफ्नो पक्षमा पारेको डायमन्ड चौथो सेट पुनः एपीएफलाई २४–२६ ले सुम्पन पुग्यो। २–२ को बरावरीको अवस्थमा अन्तिम तथा निर्णायक सेट न्यु डायमन्डले १५–९ ले आफ्नो पक्षमा पार्न सफल भए पश्चात उपाधी जितेको हो। उपाधी विजेता न्यु डायमन्डले नगद ३ लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। न्यु डायमन्डीकी प्रगती नाथ प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १० हजार र ट्रफी प्राप्त गर्न सफल भइन्।

उपविजयी एपीएफले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। द्वितीयको पुरस्कार रासी चाँगुनारायण नगरपालिकाले प्रायोजन गरेको हो।

शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको तेश्रो स्थान नेपाल पुलिसले हात पार्‍यो। पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–२१, २५–२१, २५–१३ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएको हो। पुलिसले तेश्रो स्थान प्राप्त गरेबापत मार्वल टेक्नोप्लास्ट प्रालिले प्रायोजन गरेको नगद ७५ हजार प्राप्त गर्‍यो। पुलिसकी उषा भण्डारी प्लेयर अफ दी म्याच घोषित भइन्। उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरिन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यु डायमन्डकी प्रतिभा माली घोषित भइन्। उनले नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। सर्वोत्कृष्ट खेलाडीका लागि प्रदान गरिएको ५० हजार नगद मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको थियो।

विधागततर्फ उत्कृष्ट स्पाईकरमा एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट ब्लकरमा एपीएफकी हिरा केसी, उत्कृष्ट सर्भरमा एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा न्यु डायमन्डकी प्रगती नाथ, उत्कृष्ट लिवेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा न्यु डायमन्डका कुमार राई, उदियमान खेलाडीमा न्यु डायमन्डकी सलिना बुढामगर घोषित भए। विधागत तर्फका उत्कृष्ट प्रत्येकले नगद १५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा माघ २४ गते सम्म सञ्चालित प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र होङ्गवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबको सहभागिता रहेको थियो।

प्रकाशित: Feb 08, 2023| 08:40 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।