बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘भारतविरुद्धको प्रदर्शनबाट खुसी छैन, बंगलादेशलाई हराएर उपाधि जित्नेछौं’

‘भारतविरुद्धको प्रदर्शनबाट खुसी छैन, बंगलादेशलाई हराएर उपाधि जित्नेछौं’

भारतलाई हराए पनि नेपाली टिमका प्रशिक्षक याम गुरुङ खासै खुसी भने देखिएनन्।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- भारतलाई हराए पनि नेपाली टिमका प्रशिक्षक याम गुरुङ खासै खुसी भने देखिएनन्। उनले आफ्ना खेलाडीले योभन्दा धेरै राम्रो खेल्नसक्ने दाबीसमेत गरेका छन्। उनले आफ्नो महत्त्वपूर्ण खेलमा पनि भारतविरुद्ध सत प्रतिशत दिन नसकेको दाबी गरे।

‘म खेलाडीको यो प्रदर्शनसँग खुसी छैन किनभने उनीहरूले आफ्नो क्षमताको ६० प्रतिसतमात्र खेलमा देखाउन सकेका छन्। र, सायद उनीहरूले आफ्नो क्षमताको सतप्रतिशत आफ्नो फाइनल खेलमा दिन्छन् भन्ने मैले विश्वास लिएको छु,’ भारतलाई ३–१ हराएपछि मंगलबार साँझ प्रशिक्षक गुरुङले भनेका छन्।

खेलबारे गरिएको कुराकानीमा उनले आफ्नो टिमले पेनाल्टी पाउनु नै खेलको टर्निङ पोइन्ट भएको बताए। खेलको पहिलो हाफमा अपूर्वाले गोल गरेपछि नेपाल एक गोलले पछि थियो। तर ४८औं मिनेटमा नेपालकी अन्जली चन्दले गोल फर्काएसँगै नेपाली टिमको ऊर्जा फर्किएको थियो।

‘पहिलो गोलले टिम बुस्टअप भयो। अब हामी फाइनल क्लासमा बंगलादेशलाई हराउने गरि आउने छौं भन्ने लागेको छ,’ उनले भने। उनले बंगलादेशको महिला टिमसँग धेरै समयदेखि खेलिरहेको कारण आफूले सो टिमको खेलबारे धेरै जानकारी लिएको पनि दाबी गरेका छन्।

‘हामी बंगलादेशभन्दा राम्रो छौं। र, म सँधै मेरो टिमलाई भारतले जसरी टिम गेम खेल्छ। त्यस्तो टिमको विरुद्धमा खेल्न सिकाइरहेको हुन्छु,’ उनले भने। साथै उनले भारतलाई हराउनुको एकमात्र काण भनेको टिम गेम र अट्याकिङ खेल रहेको पनि बताएका छन्।

अब नेपालले भोलि बिहीबार फाइनल खेलमा बंगलादेशको सामना गर्नेछ। जारी साफमा बँगलादेश अपराजित रहेको छ। ऊ अपराजित रहँदै फाइनलमा पुगेको हो। पहिलो खेलमा नै  नेपालले बंगलादेशसँग हार बेहोरेको थियो।

दोस्रो खेलमा नेपालले भुटानलाई हरायो भने तेस्रो खेलमा नेपालले भारतलाई हराएको थियो। यता बंगलादेशले भनेभारतसँग गोलरहित बराबरी खेलेको थियो भने अन्तिम खेलमा भुटानलाई ५–० ले हराएको थियो।

प्रकाशित: Feb 08, 2023| 08:06 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।