बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रशिक्षण थालेको एक हप्तापछि क्यानले गर्‍यो मुख्य प्रशिक्षक घोषणा

प्रशिक्षण थालेको एक हप्तापछि क्यानले गर्‍यो मुख्य प्रशिक्षक घोषणा

पछिल्लो १५ महिनामा नेपाली टिममा मुख्य प्रशिक्षक तीन पटक फेरिएका छन्। आठ महिनाको प्रशिक्षणपछि डेभ वाटमोरले नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आज सोमबार दिउँसो एक कार्यक्रम आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा गरेको छ। सोमबार क्यानले मुख्य प्रशिक्षक मोन्टी देसाईसँग दुई वर्षको सम्झौता गरेको जानकारी दिँदै प्रशिक्षक घोषणा गरेको हो।

पछिल्लो १५ महिनामा नेपाली टिममा मुख्य प्रशिक्षक तीन पटक फेरिएका छन्। आठ महिनाको प्रशिक्षणपछि डेभ वाटमोरले नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए।

त्यसपछि लामो समय टिक्ने विश्वास गरिएका पुबुदु दाशानायकेले पनि सम्झौता सकिनुभन्दा कम समयमै राजीनामा दिए। पछिल्लो समय नेपाली टिम सम्हालेका भारतीय प्रशिक्षक मनोज प्रभाकर पनि धेरै समय टिक्न सकेनन्।

अब पनि त्यस्तै हुने होइन भन्ने प्रश्नको जवाफमा क्यानका क्रिकेट म्यानेजर विनोद दासले त्यस्तो नहुने विश्वास गरेको बताए। उनले भने, ‘अबको २४ महिनापछि तपाईंले कुनै प्रश्न सोध्नुभयो भने मोन्टीले नै उत्तर दिनुहुनेछ भन्ने आशा राखेको छु बीचमा त्यस्तो कुनै अप्ठ्यारो आएन भने। यो सम्झौता दुई वर्षको हो र त्यसलाई लम्ब्याउन सकिने गरिएको छ।’

नेपाली क्रिकेटलाई प्रशिक्षकहरुले ट्रान्जिटका रुपमा प्रयोग गरिरहेको चर्चा नेपाली क्रिकेट वृत्तमा रहेको छ। ‘अब चाहिँ प्रशिक्षकको ट्रान्जिट थलो बन्दैन होला भन्ने लागेको छ,’ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले भने। मोन्टीले नेपाली क्रिकेट टिमको प्रशिक्षण थालेको एक हप्ताभन्दा धेरै पछिमात्र उनलाई सार्वजनिक गरेको थियो। मोन्टी अघिल्लो हप्ताको शनिबार नै नेपाल आएर आइतबारबाट अभ्यास सुरु गराएका थिए।

‘हामीले केही समस्या नआओस् भनेर ढिलो घोषणा गरेको हो। सम्झौताको जानकारी सरकारलाई दिनुपर्ने र स्वीकृति पाउनु पर्ने भएको कारण ढिलो भनेको हो। अहिले सम्बन्धित मन्त्रालयको मन्त्री नभएको कारण पनि ढिलो हुन गएको हो,’ चन्दले जानकारी दिएका छन्। उनले प्रशिक्षक मनोनयनको विषय अहिलेसम्म आलोचना नभएको भनेर पत्रकार सम्मेलनमा ठट्टा पनि गरेका छन्।

अहिले नेपाल टी–२० लिगमा विदेशी कम्पनीसँग सम्झौता, म्याच फिक्सिङ र बलात्कार आरोपीलाई क्रिकेट टोलीको बन्द शिविरमा राखेका कारण क्यानको आलोचना भएको छ। नेपालमा पहिलो पटक क्यानको विरुद्धमा सडकमा विरोध पनि भएको छ।


प्रकाशित: Feb 06, 2023| 17:17 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।