आइतबार, असार २२, २०८२

नर्सिङ क्लबले राष्ट्रिय सम्मेलन गर्ने

क्लबले द फ्युचर अफ नर्स-ट्रान्सफर्मिङ लिडरसीप शिर्षकमा २०८० साल वैशाख ८ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- नेपाली नर्सहरुको वृत्ति विकास, क्षमता अभिवृद्धि, विशेषज्ञता, सामर्थ्य र पहिचान स्थापित गराउन सामूहिक भावना आवश्यक रहेको काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन्।

नर्सिङ क्लब नेपालले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव तथा वरिष्ठ नर्स विजया केसी, प्राध्यापक तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.राजेन्द्रराज वाग्ले, नेपाल नर्सिङ एसोसिएसनका कोषाध्यक्ष तथा गभर्मेन्ट नर्सिङ एसोसिएसन नानाका अध्यक्ष कल्पना श्रेष्ठ, पाटन मेन्टल हस्पिटलकी सुपरभाइजर मीना कार्की लगायतले नर्सहरुका लागि राज्य विशेष योजनाहरु अघि सार्नुपर्ने धारणा राखे।

नर्सिङ क्लब नेपालकी अध्यक्ष विमला सुब्बा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ नर्स विजया केसी पूर्वउपकुलपति डा.राजेन्द्रराज वाग्ले, गभर्मेन्ट नानको अध्यक्ष कल्पना श्रेष्ठ, पाटन मेन्टल हस्पिटलकी सुपरभाइजर मीना कार्कीलाई मानार्थ सदस्यता प्रदान गर्दै विशेषज्ञ व्यक्तिको रुपमा सल्लाहकारमा नियुक्ति गरिएको छ। साथै क्लबले प्रक्रिया पूरा गरेका नर्सहरुलाई आजीवन सदस्यता प्रदान गरेको छ।

कार्यक्रममा वरिष्ठ नर्स केसीले क्लबलाई सामुदायिकमुखी र इन्टरडिस्सप्लीनरी तरिकाले सद्भावका साथ अघि बढ्न शुभकामना दिइन्। प्राडा वाग्लेले काम गर्दा सहकार्य, सद्भाव र मेहनतका साथ गर्न सुझाव दिए। गभर्मेन्ट नानको अध्यक्ष श्रेष्ठले आफूहरु पनि संघर्षकै समयमा रहेको र क्लवको कार्यक्रमले नान र गभर्मेन्ट नानालाई पनि सहयोग पुग्ने धारणा राखिन्। वरिष्ठ नर्स मिना कार्कीले आफूले जानेको र सकेको सहयोग क्ववलाई योगदान गर्ने प्रतिवद्धता जनाइन्।

क्लबकी अध्यक्ष सुब्बा घिमिरेले संस्था स्थापनाको मुख्य ध्येय भनेको कसरी नर्सहरुको वृत्ति विकासमा योगदान गर्ने, सहयोग आदान प्रदान गर्ने, नर्सको विशेषज्ञता, सामाथ्र्य र पहिचानलाई स्थापित गर्ने बताइन्। अन्य वक्ताहरुले नर्सिङ पेशामा नवीन सोच र युवा पुस्तामा लिडरसिपको आवश्यकता रहेको र क्लबले आयोजना गर्ने कार्यक्रमहरुमा पूर्ण रुपले सुझाव र सल्लाह प्रदान गर्ने प्रतिबद्धता जनाए।

क्लबले द फ्युचर अफ नर्स-ट्रान्सफर्मिङ लिडरसीप शिर्षकमा २०८० साल वैशाख ८ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ।

प्रकाशित: Feb 05, 2023| 11:20 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्