बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिग: मुख्य प्रायोजक टुंगो नलागे पनि ५० प्रतिशत काम सकिएको एन्फाको दाबी

ए डिभिजन लिग: मुख्य प्रायोजक टुंगो नलागे पनि ५० प्रतिशत काम सकिएको एन्फाको दाबी

लिगका लागि सहभागी सबै १४ क्लबले दर्ता गरेका छन् भने त्रिभुवन आर्मी क्लबले खेलाडी दर्ता पनि गरिसकेको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) आगामि फागुन १९ गतेबाट सुरु गर्न लागेको शहिद स्मारक ए डिभिजन लिग को तयारी आधा सकिएको दाबी गरेको छ। एक महिना बाँकी रहँदा मुख्य प्रायोजक नै टुंगो लगाउन नसकेको एन्फाले भेन्यू, खेलाडी, क्लब दर्ता जस्तो कुरा भइरहेको भन्दै आधा काम सकिएको जनाएको हो।

प्रायोजकबारेको प्रश्नमा एन्फाका महासचिव किरण राईले यसबारे काम गरिरहेको र चाँडै नै फाइनल हुने बताएका छन्। ‘पहिलेको कतार एयरवेज विश्वकपको पनि प्रायोजक रहेको थियो। हामीले उसलाई निरन्तरता दिनको लागि कोसिस गरिरहेका छौं। अरु ठाउँमा पनि कुरा भइरहेको छ। यो मूख्य कुरा भएकाले यसलाई चाँडै समाधान गर्ने छौं,’ राईले भनेका छन्।

डबल राउन्ड रोबिनको आधारमा हुने लिगका १८२ खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा संचालन गरिने आयोजकले जानकारी दिएको छ। एन्फाले अघिल्लो सिजन पनि च्यासलमा लिगका केहि खेल गर्ने तयारी गरेको थियो। तर च्यासलमा खेल नभइकनै लिग सकियो। यो वर्ष पनि त्यस्तै हुने होइन ? महासचिव किरण राईको जवाफ छ, ‘हुँदैन किनभने त्यो मैदान निर्माणमा हाम्रो पनि लगानी रहेको छ। यसले गर्दा हामीले जसरी पनि त्यहाँ खेल गराउने छौं।’

अहिले च्यासलमा काम गरिरहेको बिल्डरबाट आफूले काम लिएर मौदान निर्माण कार्य अघि बढाइरहेको एन्फाले जानकारी दिएको छ। ‘सबै खेल मैदानको तयारी पनि एन्फाले दारुकताका साथ अघि बढाएको छ। पाँचौ चरणसम्मको खेल तालिका सार्वजानिक भएको र बाँकी पाँचौं चरण सकिएपछि सार्वजानिक गरिनेछ,’ एन्फाले विज्ञप्तिमा लेखेको छ। अब लिगको मार्केटिङ्ग, बोडकास्टिङ र टिकेटिङ्गको टेन्डर आह्वान गरिसकिएको र सो टेन्डरहरु यहि माघ २३ गते खुला गरिने जानकारी दिएको छ।

लिगका लागि सहभागी सबै १४ क्लबले दर्ता गरेका छन् भने त्रिभुवन आर्मी क्लबले खेलाडी दर्ता पनि गरिसकेको छ।  अहिले एन्फाले लिगको तयारी खर्च स्वरुप क्लबहरुलाई पहिलो किस्तामा  १५ लाख रुपैया उपलब्ध गराइसकेको जानकार दिएको छ।

अब क्लबले आउँदा माघ २९ गतेसम्म  खेलाडी दर्ता गरिसक्नु पर्ने प्रावधान एन्फाले राखेको छ। यो लिगमा प्रथम हुने टिमले नगद रु ७५ लाख, द्वितीय हुनेले रु ५० लाख र तृतीय हुनेले रु २५ लाख पाउने अंकित भए पनि एन्फाले खेलाडी र क्लबलाई तोकेको पुरस्कार नै दिन सकेको छैन। ‘हामी फिफाको कन्ट्रोल फन्डिङमा छौं। काम गर्दै गएपछि जब यो कन्ट्रोल फन्डिङ सकिन्छ हामी सबैलाई पैसा दिन नै छौं,’ एन्फाका महासचिव किरण राईले भनेका छन्।

लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप तीन लाख, सर्वोत्कृट बेनाडीले तीन लाख साथै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले  समान रु दुइ–दुइ लाख पुरस्कार पाउने छन्।  त्यस्तै, एक उदयमान खेलाडीलाई इमेजिङ प्लेयर घोषणा गरेर नगद रु एक लाख पचास हजार दिइने एन्फाले घोषणा गरेको छ।

हरेक खेलमा विजेता टोलीले ५० हजार पुरस्कार पाउने छ भने बराबरी भएको खण्डमा दुवै टोलीलाई समान २५ हजार दिइने एन्फाले तोकेको छ। हरेका खेलको उत्कृष्ट खेलाडीले प्लेयर अफ द म्याच स्वरुप १० हजार पाउने छ।

करिब १२ करोड लागत अनुमान रहेको शहिरु स्मारक ए डिभिजन लिगका लागि एन्फाले सरकारसँग तीन करोड सहयोग माग गरेको थियो। तर त्यो एन्फाले पाउने वा नपाउने निश्चित छैन। ‘त्यो विषयमा छलफल भइरहेको नै छ। सरकारले पनि हामीलाई सहयोग गर्नुपर्छ भन्ने लागेको हो। तर के हुन्छ थाहा छैन,’ महासचिव राईले भने।

प्रकाशित: Feb 03, 2023| 17:40 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।