बिहीबार, जेठ ९, २०८२

यू–२० साफ आजबाट, नेपालले बंगलादेशको सामना गर्ने

चार टिम सम्मिलित प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानको सामना गर्नेछ। नेपाल उपाधि लक्ष्यका साथ बंगलादेश पुगेको हो। नेपाली टिमको कप्तानी प्रिति राईले गरिरहेकी छन्।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

बंगलादेशमा आजबाट सुरु हुने यू २० महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज बंगलादेशको सामना गर्नेछ। बंगलादेशको ढाकामा आजबाट सुरु हुन लागेको खेलमा नेपालले अयोजक टिमको सामना गर्न लागेको हो।

चार टिम सम्मिलित प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानको सामना गर्नेछ। नेपाल उपाधि लक्ष्यका साथ बंगलादेश पुगेको हो। नेपाली टिमको कप्तानी प्रिति राईले गरिरहेकी छन्।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका प्रशिक्षक याम बहादुर गुरुङले राम्रो तयारी गरेको बताएका छन्। ‘यो प्रतियोगिताको चारै टिम निकै उत्कृष्ट र प्रतिस्पर्धि रहेका छन्। आयोजक देशका हिसाबले बंगलादेशलाई फाइदा रहेको छ। तर म विश्वास गर्छु कि राम्रो प्रदर्शन गरेर नतिजा निकाल्नका लागि हामी उत्साही रहेका छौं,’ प्रशिक्षक गुरुङले भनेका छन्।

यता बंगलादेशको घरेलु भूमिमा उसैलाई हराउँदै यू–१५ को नेपाली टिमले साफको उपाधि जितेको थियो। त्यो जितपछि प्रेरित नेपाली टिमले  यो उमेर समूहको प्रतियोगितामा पनि उपाधिको लक्ष्य राखेको छ।

प्रकाशित: Feb 03, 2023| 09:10 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।