आइतबार, असार २२, २०८२

धनगढीका दुई बालबालिकामा देखियो दादुरा

धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलका दुई बालबालिकामा दादुरा पुष्टि भएको हो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

धनगढी- कैलालीका दुई बालबालिकामा दादुरा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलका दुई बालबालिकामा दादुरा पुष्टि भएको हो।

दुई साताअघि नै लक्षण देखिए पनि बुधवार मात्र पुष्टि भएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले जानकारी दिए। 

९ वर्षीय बालिका र ४ वर्षीय बालकमा दादुरा संक्रमण पुष्टि भएको हो। बालबालिकामा दादुरा देखिएपछि अन्यमा सर्न नदिनका लागि उपमहानगरपालिकाले खोप अभियान सुरु गरेको छ।

वडा नम्बर १ का तीन स्थानमा खोप केन्द्र राखेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खोप लगाउन थालिएको छ।

प्रकाशित: Feb 01, 2023| 15:09 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्