शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विवादास्पद कम्पनी सेभेन थ्रि स्पोर्टसद्वारा क्यानसँगको सम्झौता रद्द

विवादास्पद कम्पनी सेभेन थ्रि स्पोर्टसद्वारा क्यानसँगको सम्झौता रद्द

गत पुस ९ गतेबाट काठमाडौंमा सुरु भएको नेपाल टी २० लिगको बिचमा नै सेभेन थ्रिका मालिक भारत भागेका थिए। उनी भागेसँगै लिगमा स्पट फिक्सिङको शंका गरेर विभिन्न निकायहरुले अनुसन्धान सुरु गरेका थिए।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- नेपाल टी २० लिगको लागि व्यावसायिक र रणनीतिक साझेदार कम्पनी सेभेन थ्रि स्पोर्टसले क्यानसँगको सम्झौता रद्द गरेको छ। उसले क्यानलाई पत्र पठाउँदै सम्झौता रद्द गरेको जानकारी दिएको हो।

गत पुस ९ गतेबाट काठमाडौंमा सुरु भएको नेपाल टी २० लिगको बिचमा नै सेभेन थ्रिका मालिक भारत भागेका थिए। उनी भागेसँगै लिगमा स्पट फिक्सिङको शंका गरेर विभिन्न निकायहरुले अनुसन्धान सुरु गरेका थिए।

त्यस्तै सेभेन थ्रि स्पोर्टसका मालिक जटिम आहलुवालियाले क्यानसँगै राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पनि पत्र पठाएका छन्। यसअघि क्यान र सेभेन थ्रिसँग आठ वर्षका लागि ३३ करोडमा नेपाल टी २० लिगको सम्झौता भएको थियो।

यता क्यानको बैठक अहिले पोखरामा पनि बसिरहेको छ। सो बैठकले पनि सेभेन थ्रिसँगको सम्झौताबारे निर्णय गर्ने भएको छ।

प्रकाशित: Feb 01, 2023| 09:17 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।