शनिबार, जेठ ११, २०८२

को हुन् नियुक्तिको पर्खाइमा रहेका प्रशिक्षक मोन्टी देशाई?

क्यानले भारतीय प्रशिक्षक मोन्टी देशाईलाई प्रशिक्षणको जिम्मा लगाएको छ भने क्यानको प्रशिक्षक छनोट समितिले प्रशिक्षक बनाउन ठीक पात्र भएको बताए पनि राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छैन। सोही कारण देशाईले नियुक्तिबिनै नेपाली टोलीलाई क्रिकेटको प्रशिक्षण गराइरहेका छन्।
 |  सोमबार, माघ १६, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, माघ १६, २०७९

काठमाडौं– यतिबेला त्रिभुवन विश्वविद्यालय परिसरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली सिनियर क्रिकेट टिमले अभ्यास गरिरहेको छ। घरेलु मैदानमा आयोजना हुने लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमले सोही मैदानमा अभ्यास गरिरहेको छ। तर नेपाली टिमको आधिकारिक प्रशिक्षक कोही पनि छैनन्। भलै, क्रिकेट संघ (क्यान)ले भारतीय प्रशिक्षकलाई प्रशिक्षणको जिम्मा भने लगाएको छ। उनलाई क्यानको प्रशिक्षक छनोट समितिले प्रशिक्षक बनाउन ठीक पात्र भएको बताए पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता दिएको छैन।

सोही कारण भारतका प्रशिक्षक मोन्टी देशाई अहिले नियुक्तिबिनै काममा खटिएका छन्। क्यानले नेपालीबाहेकका कम्पनी र व्यक्तिसँग सम्झौता गर्न राखेपमार्फत नेपालको सरोकारवाला मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ। तर क्यानले त्यो अनुमति पाइसकेका कारण मोन्टी नेपाली टिमको आधिकारिक मुख्य प्रशिक्षक हुन नसकेका हुन्। उनी क्यानको अनुरोधमा शनिबार नेपाल आइपुगेका थिए। आइतबारबाट उनी प्रशिक्षणमा सहभागी बनिसकेका छन्। अब राखेपबाट स्वीकृति पाउनेबित्तिकै उनी नेपाली टिमको मुख्य प्रशिक्षक घोषणा हुनेछन्।

यसअघि पनि नेपाली सिनियर टिमका लागि मोन्टीलाई नियुक्त गरिने आश गरिएको थियो। त्यतिबेला नेपाललाई ब्याटिङ कन्सल्ट्यान्टको आवश्यकता थियो। तर २०७४ माघमा भएको विश्व क्रिकेट लिग डिभिजन २ को खेलका लागि मोन्टी उपलब्ध भएका थिएनन्। त्यतिबेला २०७३ वैशाखमा क्यान निलम्बनमा परेपछि नेपाली टिमको व्यवस्थापन आईसीसीले नै गर्दै आएको समय थियो।

त्यसपछि आईसीसीले तीन भारतीय ब्याटिङ कन्सल्ट्यान्टको नाम पठाएको थियो। तिनमा मुम्बईका उमेश पटवाला, सुरक्षण कुलकर्णी र हैदरावादका अभिजित चटर्जी थिए। पछि क्यानले पटवालालाई ब्याटिङ कन्सल्ट्यान्ट बनाएको थियो।

क्यानले भारतीय प्रशिक्षक मोन्टी देशाईलाई प्रशिक्षणको जिम्मा लगाएको छ भने क्यानको प्रशिक्षक छनोट समितिले प्रशिक्षक बनाउन ठीक पात्र भएको बताए पनि राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छैन। सोही कारण देशाईले नियुक्तिबिनै नेपाली टोलीलाई क्रिकेटको प्रशिक्षण गराइरहेका छन्।

त्यसको कही समयमा पटवाला नेपाली टिमकै मुख्य प्रशिक्षक बनेर नेपाल फर्किएका थिए। त्यसपछि पनि नेपाली खेलमा मोन्टीको नाम वरपरि घुमिरह्यो। उनले नेपाल आउने इच्छा देखाए पनि समय व्यस्तताका कराण आउन पाएका थिएनन्।

यसअघि नेपालले प्रशिक्षक नियुक्त गर्ने सन्दर्भमा मोन्टीलाई पहिलो प्राथमिकतामा राखेको थियो। तर उनले उच्च तलब र आईपिएलको समय बिदा मागेका थिए। त्यस कारण क्यानले पुबुदु दाशानायकेलाई दोस्रो पटक मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। नेपालमा आएका अस्ट्रेलियाका प्रशिक्षक डेव वाटमोरले राजीनामा दिएपछि मोन्टीको नाम क्यानले लिएको हो। तर पुबुदु नै प्रशिक्षक बने।

उनको दोस्रो कार्यकाल नेपालका लागि सम्झनलायक रहेन। उनको कार्यकालमा नेपालले आईसीसी विश्वकप लिग २ को अमेरिकी सिरिज र आयलरल्यान्ड सिरिजमा अपेक्षित प्रदर्शन गर्न सकेन। जहाँ नेपालले आयरल्यान्ड सिरिजमा एक मात्र जित निकाल्न सक्यो भने अमेरिकी सिरिजमा पनि एक मात्र जित निकाल्न सक्यो।

मोन्टी यसाअघि नेपाली  टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनिसकेका उनी नेपाली युवा टिमको प्रशिक्षक मण्डलमा थिए। भारतीय प्रशिक्षक देशाईले यू१९ नेपाली टिमको ब्याटिङ प्रशिक्षण सम्हालेका थिए। उनको ब्याटिङ प्रशिक्षणमा नेपालले पूर्वी क्षेत्रीय प्रतियोगिता र एसिया कप खेलेको थियो।

प्रकाशित: Jan 30, 2023| 13:00 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।