शनिबार, जेठ ११, २०८२

सम्झना कप टेबल टेनिसलाई सह-प्रायोजन

टेबलटेनिस क्लबको आयोजनामा हुने पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई मेटल सापर-मेटल उड तथा डिएचएस र लिनिङले सह-प्रायोजन गर्ने भएका छन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा हुने पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितालाई मेटल सापर-मेटल उड तथा डिएचएस र लिनिङले सह-प्रायोजन गर्ने भएका छन्। सो सम्बन्धी सम्झता पत्रमा आइतबार आयोजक र सह–प्रायोजकबीच हस्ताक्षर भएको छ। आयोजक क्लबका अध्यक्ष उर्दिप जोशी, मेटलका प्रमुख कार्यकारी अधिकृत निरोज जोशी र लिनिङका महाप्रबन्धक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रतियोगिताका लागि मेटलले अनुमानित २२ लाख ५५ हजार बजेट मध्ये २५ प्रतिशत रकम आयोजकलाई उपलब्ध गराउने छ। मुख्य प्रायोजन वापत कुल बजेटको ५० प्रतिशत उपलब्ध गराउने गरी सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. र आयोजकबीच सम्झौता भइसकेको छ।

डिएचएसले प्रतियोगितालाई आवश्यक पर्ने खेल सामाग्री दिने भएको छ भने लिनिङले पदक विजेता खेलाडीलाई गिफ्ट ह्याम्पर र आयोजक कमिटीलाई पोशाक उपलब्ध गराउने छ।

विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ। प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ। पुरुष/महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन्। भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथिमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन्।

प्रतियोगितामा २ सय पुरुष र ५६ महिला गरी २ सय ५६ खेलाडी सहभागी हुने छन्। विदेशीतर्फ भारतबाट ९, बेलायतबाट २ तथा फ्रान्स र पोर्चुगलबाट समान १–१ खेलाडीको सहभागिता निश्चित भइसकेको आयोजकले जनाएको छ। महिलामा विदेशी खेलाडी सहभागी छैनन्।

प्रकाशित: Jan 29, 2023| 21:50 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।