शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्पट फिक्सिङमा संलग्न नरहेको सेभेन थ्रि स्पार्ट्सको दाबी, सम्झैता रद्द गर्न राखेपलाई सिफारिस

स्पट फिक्सिङमा संलग्न नरहेको सेभेन थ्रि स्पार्ट्सको दाबी, सम्झैता रद्द गर्न राखेपलाई सिफारिस

नेपाल टी–२० क्रिकेट लिगमा भएका स्पट फिक्सिङमा आफू सहभागी नरहेको प्रतियोगिताको ब्यवसायीक र रणनीतिक साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्सले दाबी गरेको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- नेपाल टी–२० क्रिकेट लिगमा भएका स्पट फिक्सिङमा आफू सहभागी नरहेको प्रतियोगिताको ब्यवसायीक र रणनीतिक साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्सले दाबी गरेको छ। उसले एक विज्ञप्ति जारी गर्दै आफूहरु र आफ्नो कम्पनी म्याच फिक्सिङ साथै स्पट फिक्सिङमा संग्लग्न नभएको दाबी गरेको हो।

नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनीलाई आफूले आयोजना गरेको पहिलो फ्रेन्चाइजमा ब्यवसायिक र रणनीतिक साझेदारी मानेको थियो। तर, प्रतियोगिता सहज सरुपमा सञ्चालन नभएपछि पार्टन नै भागेको कारण क्यानले आफैं अन्त्यसम्म प्रतियोगिता सञ्चालन गरेको थियो। प्रतियोगिताको ब्यवसायीक र रणनीतिक साझेदार कम्पनीले नै खेलमा फक्सिङ गर्न लगाएको अरोपहरु लागेका छन् भने सरकारी निकायले पनि त्यसको छानविन गरिरहेको छ।

यस्तोमा, भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले बिहीबार (आज) एक विज्ञप्ति निकाल्दै म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते भएको दाबी गरेको छ।

यसले विभिन्न मिडियामा फिक्सिङमा कम्पनीको नाम जोडिएर आएको समाचार सत्य नभएको समेत उल्लेख गर्दै लेखेको छ, ‘म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते छन्। प्रकाशित विभिन्न समाचारको जवाफमा सेभेन थ्री स्पोर्ट्सले यसलाई रेकर्डमा राख्न चाहन्छ। सेभेन स्पोर्ट्सले सबै दाबीहरूलाई कडा रूपमा अस्वीकार गर्दछ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अध्ययन अनुसारभने ले गरेको छानबिनमा नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको पाईएको बताएको छ। त्यसैले स्पट फिक्सिङको आरोपमा पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारी प्रहरीले पक्राउ गरेर छानविन अघि बढाइरहेको छ।

यो छानबिनमा सेभेन थ्री स्पोर्ट्सले सीआईबीको अनुसन्धानमा प्रोत्साहन र  सहयोग गर्ने समेत जनाएको छ। यस्तै सेभेन थ्री स्पोर्ट्सले कम्पनीका मालिक जतिन अहलुवालिया नेपालबाट नभागेको पनि दाबी गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो। तर, राष्ट्रिय खेलकुद परिषद्(राखेप) गठन गरेको एक अध्ययन कार्यदलले भने विभिन्न सुझावहरु लेख्दै यो सम्झैता खारेज गर्न उचित रहेको प्रतिवेदन बुझाएको छ। सो कार्यदलले लिगको लागि प्रकृया पुरा नगरिकनै सम्झैता गरेको देखिएको जनाएको छ।

साथै सो कार्यदलले, सम्झौता प्रचलित ऐन, नियम विपरित रहेको ठहर गरेको छ। यता, लिग सुरु हुनुभन्दा धेरै अघिबाटै सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता विवादमा पर्दै आएको थियो।

प्रकाशित: Jan 26, 2023| 08:09 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।