शनिबार, जेठ ११, २०८२

सूर्य नेपाल एनपीजीए म्याच प्ले : क्वाटर-फाइनल समीकरण पुरा

सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२/२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर-फाइनल समीकरण पुरा भएको छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२/२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर-फाइनल समीकरण पुरा भएको छ। 

नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राई, दोस्रो वरियताका साविक विजेता भुवन नगरकोटी तथा रबि खड्का, रमेश अधिकारी, धन बहादुर थापा, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का र दिनेश प्रजापतिले पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाए। 

शुक्रले २०औं वरियताका टंकबहादुर कार्कीलाई सहजै ५/४ ले हराए। शुक्रले क्वाटरफाइनलमा १०औं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्। भुवनले नवौं वरियताका रामे मगरलाई २/१ ले माथ दिए।

दोस्रो वरियताका भुवन नगरकोटीले भने १९औं वरियताका सञ्जोक मोक्तानलाई २/१ ले हराए। उनले अब आठौं वरियताका धन बहादुर थापासँग खेल्नेछन्। धनले पहिलो चरणमा ११औं वरियताका धरानका बलभद्र राईलाई ३/२ ले पराजित गरे। यसैगरी तेस्रो वरियताका जयराम श्रेष्ठले क्वाटर-फाइनलमा पुग्ने क्रममा १७औं वरियताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा पराजित गरे। उनले अब सातौं वरियताका दिनेश प्रजापतिसँग खेल्नेछन्। दिनेशले पनि अन्तिम होलमा १२औं वरियताका सुर्य प्रसाद शर्मालाई पराजित गरे।

अर्को खेलमा पाँचौ वरियताका रबि खड्काले १५औं वरियताका प्रदीप कुमार लामालाई २/१ ले हराउँदै क्वाटर-फाइनलको यात्रा तय गरे। उनले १३औं वरियताका रमेश अधिकारीसँग खेल्नेछन्। रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरियताका सञ्जय लामालाई ३/१ ले माथ दिए।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन्। पहिलो चरण, क्वार्टरफाइनल, सेमीफाइनल र तेश्रो स्थानको लागी हुने खेल १८ होलको हुनेछ भने फाईनल खेल ३६ होलको प्रतिस्पर्धा हुनेछ। बुधवार क्वार्टरफाइनल र सेमीफाइनलका खेलहरु हुनेछन्। बिहीबार तेश्रो स्थान र फाइनल खेल खेलिनेछन्। सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको छ। 

विजेता खेलाडीले ६० हजार रुपिया प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउँनेछन्। तेश्रो र चौंथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्। क्वार्टर-फाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन्।

प्रकाशित: Jan 24, 2023| 21:30 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।