शनिबार, जेठ ११, २०८२

यू-२० महिला साफ खेल्ने नेपाली टिम घोषणा

यू-२० टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले अन्तिम टोली घोषणा गरेका हुन्।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- यू-२० राष्ट्रिय महिला टोलीको अन्तिम टोली सोमबार घोषणा गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। यू-२० टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले अन्तिम टोली घोषणा गरेका हुन्।

नेपाली टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९, २०२३ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ।

यस अगाडि नेपाली यू-१५ र यू-१७ को समेत कप्तानी गरिसकेकी प्रिती राईलाई एन्फाले कप्तानको जिम्मेवारी दिएको छ। उनले नेपाली सिनियर टिमबाट पनि खेलिसकेकी छिन्।

उनीसँगै सिनियर टिमबाट खेलिसकेकी दिपा शाही र अमिषा कार्की पनि टिममा रहेका छन्।

यस्तो छ अन्तिम टोली:

गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द

प्रकाशित: Jan 23, 2023| 18:47 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।