शुक्रबार, जेठ १७, २०८२

विदेशी पर्यटकलाई स्वागत गर्दै मनाइयो पर्यटन दिवस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- पदमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर विशेष कार्यक्रम गरिएको छ। 

बेलहिया नाका हुँदै आज नेपाल प्रवेश गर्ने २ जना पर्यटकलाई स्वागत गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो। उनीहरुलाई नेपाली ढाकाटोपी, फुल माला र खादा ओढाएर समेत सम्मान गरिएको थियो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न उक्त स्वागत कार्यक्रममा नेपाल एशोयिसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) ५ नम्बर प्रदेश संयोजक विष्णु प्रसाद शर्माले बोल्दै पर्यटकलाई एकाबिहानै बेलहियामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। 

कार्यक्रममा पर्यटन व्यवसायी सागर अधिकारीले ई-सेवाको नाममा अनाधिकृत काम गरेर पर्यटन व्यवसायीलाई धरासायी बनाउने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। उनले नेपाल घुम्न आउने पर्यटक सधैं खुसी भएर फर्किने वातावरण तय गर्न सरकार लाग्नु पर्ने बताए।

उक्त अवसरमा जर्मन पर्यटक जेनिसले आफूलाई गरेको जेनिस बेगीमनले आफू पहिलोपटक आएको जनाउँदै नेपाल प्रवेश गर्ने बित्तिकै गरेको स्वागतले खुसी भएको बताए। उनीसँगै आएकी लिजा बेगीमन पनि सो अवसरमा खुसी भएकी थिईन्।

(नाट्टा) ५ नम्बर प्रदेशका महासचिब चन्द्र थापामगरको सन्चालनमा सम्पन्न उक्त स्वागत कार्यक्रममा पर्यटन मन्त्रालयका उपसचिव जिवन पंगेनी, सिद्धार्थनगरका मेयर हरि अधिकारी, अध्यागमन कार्यलयका प्रमुख गिरीराज खनाल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारयण पाण्डे लगायतले बोल्दै विश्व पर्यटनको केन्द्र लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरलाई पुर्णतया पर्यटनमैत्री बनाउनेगरी अभियान चलाईएको बताएका थिए।

दिवस सफल पार्न रुपन्देहीका पर्यटन व्यवसायीहरुले समिती समेत गठन गरेका थिए। नेपाल एशोयिसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) ५ नम्बर प्रदेश संयोजक विष्णु प्रसाद शर्माको संयोजकत्वमा गठित समितीमा सिद्धार्थ होटल एशोसिएशसन, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन रुपन्देहीलगायत सदस्य रहेका थिए।

समितीका संयोजक शर्माका अनुसार बिहीबार नेपाल प्रवेश गर्ने पर्यटकलाई उसको पहिलो गन्तव्यसम्म जाने निशुल्क व्यवस्था गर्ने र  बिहीबारको होटल रुम तथा खानाको पनि निशुल्क व्यवस्था हुनेछ। अतिथी देव भवःको भावना अनुसार बिहीबारको पर्यटकलाई पुर्ण निशुल्क व्यवस्था गर्ने समितीले जनाएको छ।

सो कार्यक्रममा बेलहिया क्षेत्रका खुकुरी क्लब, गृहलक्ष्मी आमा समुह, बेलहिया मावि, बेलहिया गाउँ समाजले ब्यानर सहित र्‍याली समेत निकालेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।