शनिबार, जेठ ११, २०८२

बराबरीमा रोकिए लिभरपुल र चेल्सी

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिभरपुल र चेल्सी गोलरहित बराबरीमा रोकिएका छन्।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिभरपुल र चेल्सी गोलरहित बराबरीमा रोकिएका छन्। जारी सिजनमा खराब प्रदर्शन गरिरहेका लिभरपुल र चेल्सीले गएराति बराबरी खेलेर १-१ अंक बाँडेका हुन्।

त्यस्तै गएरातिकै अर्को खेलमा लेस्टर सिटीले ब्राइटोसँग भने २-२ को बराबरी खेलेको छ। खेलको २७ औं मिनेटमा पहिलो अग्रता बनाए पनि ब्राइटोनले त्यसलाई रोक्न सकेन। ब्राइटोनका लागि कउरी मितोमा र एभन फग्र्युसनले गोल गरेका थिए।

लेस्टरका लागि अलब्राटन र बर्नेसले गोल गर्दै खेल बराबरीमा राखेका थिए। प्रिमियर लिगकै अर्को खेलमा चाहिँ क्रिस्टल प्यालेसले न्युकासललाई बराबरीमा रोकेको छ। यो सिजन तुलनात्मक रुपमा उत्कृष्ट प्रदर्शन गरिरेको न्युकासलले गएरातिको खेलमा भने बराबरी गरेको हो।

प्रिमियर लिगकै खेलमा वेस्ट ह्यामले भने एभर्टनलाई २-० ले हराएको छ। त्यस्तै साउथह्याम्टनलाई एस्टन भिल्लाले १-० ले हराएको छ।

गएरातिको खेलपछि तेस्रो स्थानको न्युकासलको ९ बराबरी र १० जितसँगै ३९ अंक छ भने पाँचौ स्थानको ब्राइटोनको ३१, आठौं स्थानको  लिभरपुलको २९ र १०औं स्थानको चेल्सीको २९ अंक रहेको छ। त्यस्तै भिल्लाको २८ र क्रिस्टलको २४ अंक रहेको छ।

प्रकाशित: Jan 22, 2023| 08:05 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।