सोमबार, असार २३, २०८२

रकम अभावमा कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्य राज्यमन्त्री कार्की

सर्वसाधारणलाई पैसा अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गरिछाड्ने राज्यमन्त्रीको कार्कीको प्रतिबद्धता।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले रकम अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिइने बताएकी छन्।

मंगलबार सपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै कार्कीले संविधानले मौलिक अधिकारको रुपमा राखेको स्वास्थ्य सेवालाई वास्तवमै मौलिक हकाधिकार हो भन्ने अनुभूति सर्वसाधारणमा पु¥याउने लक्ष्य रहेको बताइन्।

उनले भनिन्, ‘देशमा पैसा अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई पूर्ण रुपले हटाउन चाहन्छौं। त्यसका लागि सुरुआती चुनावी मैदानदेखि यहाँ आइपुगेका हौं।’

प्रकाशित: Jan 17, 2023| 14:20 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्