शनिबार, जेठ २५, २०८२

रात्रिकालित टेनिसमा रोनिशा सुरम्या महिला एकलको फाइनलमा

चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमा वडा नम्वर ३ की प्रविणा शाक्यले स्वर्ण पदक जितेकी छन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं – चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमा वडा नम्वर ३ की प्रविणा शाक्यले स्वर्ण पदक जितेकी छन्।

बिहिबार सम्पन्न फाइनलमा प्रविणाले वडा नम्वर २० की मन्दिरा शाक्यलाई ३–० को सोझो सेटमा पराजित गरेकी हुन्।

त्यस्तै, ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हःखा द्धारा संयुक्त रुपमा आयोजना गरिएको प्रतियोगिता अन्तर्गत भोलि हुने महिला एकलको फाइनलमा रोनिशा महर्जन र सुरम्या शाक्यविच प्रतिस्पर्धा हुने भएको छ।

आज बिहीबार सम्पन्न सेमिफाइनलमा वडा नम्वर १२ कीरोनिशाले वडा २० की युनिशा महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन् भने वडा ८ की सुरम्याले १७ वडाकी अर्पिता महर्जनलाई३–१ ले पाखा लगाएकी थिइन्।

त्यस्तै मेन्स डबल्समा वडा नम्वर ७ का एलेक्स महर्जन र डिकेन महर्जनको जोडीले वडा ८ का विपुल महर्जन र ज्ञानेश्वर महर्जनको जोडीलाई ३–२ पराजित गरी फाइनलमा पुगे। अर्को सेमीफाइनलमा वडा १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले वडा ७ का निकेश जोशी र एलेन महर्जनको जोडीलाई ३–०ले पराजित गरेका छन्।।

फ्लडलाइटमा सञ्चालन भइरहेको रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमा हंदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमा चिनिन्छ।

१३ वटा इभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिता आगामी शनिवार सम्म चल्नेछ।

प्रकाशित: Jan 12, 2023| 19:17 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।