शनिबार, जेठ २५, २०८२

भलिबल च्याम्पियनसिपमा पुलिस, दावाँली मिलन र गण्डकीको जित

यस च्याम्पियनसिपबाट नेपाल भलिबल संघले फागुणमा आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिताका लागि ८ पुरुष र ६ महिला क्लब छनौट हुने छन्।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत मंगलबारको खेलमा पुरुषतर्फ पुलिस क्लब, दाबाली मिलत क्लब र गण्डकी प्रदेशले जित निकालेका छन्।

नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई २५–१२, २५–२० र २५–११ ले पराजित गर्दै ६ अंकका साथ अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भएको छ। यस अघि पुलिसले न्यूटन भलिबल क्लबलाइ पराजित गर्दै ३ अंक जोडेको थियो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को खेलमा भारतीय खेलाडी सम्मिलित दावाँली मिलन क्लबले आफ्नो दोश्रो खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ। दावाँलीले मणिमुकुन्दलाई २१–२५, २५–२१, २५–२२ र २५–२३ ले पराजित गरेको हो । समूह ए मा रहेको दाँवाली पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब संग पराजित भएको थियो। यस समूहबाट आर्मी पहिलेनै अन्तिम ८ मा स्थान बनाउन सफल भईसकेको छ।

यस्तै अर्को पुरुष तर्फकै खेलमा गण्डकी प्रदेशले जित हात पारेको छ। गण्डकीले पहिलो पटक च्याम्पियनसिपमा सहभागिता जनाएको न्यूटन भलिबल क्लबलाई २५–१२, २५–१७ र २५–२२ ले पराजित गर्दै ३ अंक जोडेको छ।

यस च्याम्पियनसिपबाट नेपाल भलिबल संघले फागुणमा आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिताका लागि ८ पुरुष र ६ महिला क्लब छनौट हुने छन्।

त्यस्तै प्रतियोगिताको महिलातर्फको खेलमा साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब  अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। महिलातर्फ समूह ए को मंगलबार बिहान भएको खेलमा न्यू डायमण्डले एभेरष्ट भलिबल क्लब माथि २५–७, २५–१० र २५–१२ को सहज जित निकाल्दै ६ अंकका साथ सेमिफाईनलमा स्थान बनाएको हो।

यस अघि डायमण्डले नयाँबजार सामाजिक युथ क्लबमाथि जित निकाल्दै ३ अंक जोडेको थियो। यस समूहबाट नेपाल पुलिस क्लबले पनि अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ। अब न्यू डामण्ड र पुलिस विचको खेलले समूह विजेताको टुङ्गो लाग्ने छ।

आजै भएको महिला तर्फको अर्को खेलमा एपिएफले विजयी सुरुवात गरेको छ। एपिएफले गण्डकी प्रदेशलाई ३ – ० को जित निकाल्दै ३ अंक जोडेको छ। एपिएफले गण्डकी माथि २५–१५, २५–१० र २५–११ अंकको जित निकालेको हो।

प्रकाशित: Jan 10, 2023| 20:27 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।